20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनगोर्खा विचमा प्याजेन्ट नेपालको‘न्यू ईयर्स इभ ट्रेडिसनल फेशन शो'

गोर्खा विचमा प्याजेन्ट नेपालको‘न्यू ईयर्स इभ ट्रेडिसनल फेशन शो’

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

अंग्रेजी नव वर्ष २०२३ को अवसरमा प्याजेन्ट नेपालले ‘न्यू ईयर्स इभ ट्रेडिसनल फेशन शो २०२२’ को आयोजना गरेको छ । अंग्रेजी नव वर्षको प्रारम्भ तथा २०२२ को अन्तिम दिन अर्थात डिसेम्वर ३१ का दिन उक्त भव्य शो आयोजना भएको हो । द ग्रुप फोर क्रियसनको एसोसियटमा आयोजनामा भएको उक्त फेशन शो र्याफटिङ्गका लागि लोकप्रिय रहेको कुरिनटारको गोर्खावीच रिसोर्टमा भएको हो । नेपालका चर्चित करिव १ दर्जन मोडलहरुले ४ वटा सिक्वेन्समा मौलीक पहिरन,वेष्टर्न,क्याजुएल र कल्चरलका आकर्षक पहिरनमा र्याम्प शो गरेका थिए । काव्या पनेरु, मनिषा क्षेत्री,रशिला गरु, माया लामा,अनुपा तिमल्सिना,सोना बज्राचार्य,निशान श्रेष्ठ लगायत अनुभवी मोडलहरुले र्याम्प शो गरेका थिए । कार्यक्रममा नेपाली लोक पहिचान झल्कने फेशन शो का साथै नेपालका चर्चित लोकप्रिय राष्ट्रिय कलाकारहरु गायक सपन श्रेष्ठ गायक कृष्ण भट्टराई, लगायत स्थानिय कलाकारहरुको साँगीतिक प्रस्तुती रहेको थियो । गायक सपन तथा कृष्णले आफ्ना चर्चित गीतहरुको प्रस्तुती दिदा दर्शक दिर्घामा रहेका अतिथी, उपस्थिती स्थानियहरु नृत्यमा झुमेका थिए ।

कार्यक्रमलाई लोकप्रिय हांस्य कलाकार गोपाल ढकाल ‘छन्दे’ले संचालन गरेका थिए भने उनले कार्यक्रम संचालनका क्रममा हास्यंव्यग्यका मनोरन्जनात्मक प्रस्तुती दिएका थिए ।

शो मा नायक श्रीदेव भट्टराई तथा मोडल शिलाष्मा हमाल शोस्टपर्स रहेका थिए भने, मोडल निशान श्रेष्ठ तथा मोडल माया लामा उत्कृष्ट मोडल घोषणा भएका थिए । विजेतालाई कार्यक्रम व्यबस्थापन संघका अध्यक्ष तथा विशेष अतिथी लब वहादुर कार्कीले क्राउन र टोपी लगाईदिएका थिए । नेपालका चर्चित फेशन डिजाईनर तथा आयोजक प्याजेन्ट नेपालकी कार्यकारी निर्देशक मोमोथा बस्नेत,फेशन डिजाईनर,जानुका राई,फेशन डिजाईनर दमयन्ती थापा,फेशन डिजाईनर अमृता मगर तथा डिजाईनर सिता थापाले तयार पारेका आकर्षक डिजाईनका पहिरनमा सजिएर मोडलहरुको र्याम्प शो गरेको आयोजक अविनाश पराजुलीले जानकारी दिए । चक्रपथमा रहेको लोकप्रिय व्यूटि सलुन किङ्ग एण्ड क्वीन व्यूटी पार्लरका वरिष्ठ सौन्दर्यविद संगिता कार्की तथा लक्ष्मी थापाले मोडलहरुको मेकअप गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले र्याफटिङ्गको मज्जा सहित विभिन्न खेलकुदका कार्यक्रम समेत राखिएको थियो । कार्यक्रम आयोजक समितिका सदस्य एवं कार्यक्रम सल्लाहकार अनिल नगरकोटीले उपस्थित अतिथी,पत्रकार,कलाकारहरुलाई स्वागत गरेका थिए भने समाजसेवी सुदर्शन न्यौपाने ,समाजसेवी सुरज सिलवाल तथा गणेश थापाले कार्यक्रमलाई सहयोग गर्ने सर्पोटरहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । काव्या पनेरु, मनिषा क्षेत्री,रशिला गरु, माया लामा,अनुपा तिमल्सिना,सोना बज्राचार्य,निशान श्रेष्ठ लगायत अनुभवी मोडलहरुले र्याम्प शो गरेका थिए । सुमी वानियांको कोरियोग्राफी रहेको उक्त फेशन शोको कोअर्डिनेटरमा सजना कार्की रहेकी थिईन ।
कार्यक्रममा काठमाडौ,पोखरा,चितवन, गोरखा वरपरका दर्शकहरुको बाक्लो उपस्थित रहेको थियो । कार्यक्रमको स्वरुप भव्य र दर्शकको उत्साहजनक सहभागिता देखेर चितवनको मुग्लीनमा आउदो नव वर्षको अवसरमा यस्तै प्रकृतिको कार्यक्रम गरिन लागेको स्थानिय युवा समाजसेवी सुमन थापाले जानकारी दिए । कार्यक्रमको सम्पूर्ण व्यबस्थापन प्याजेन्ट नेपालले गर्ने जानकारी समेत उनले दिए ।

विगत १ दशक भन्दा लामो समयदेखि ईभेन्ट क्षेत्रमा सक्रिय रहेकी बस्नेतले हाल सम्म थुप्रै सफल कार्यक्रम मार्फत कार्यक्रम व्यबस्थापनमा ख्याती कमाएकी छिन । सामाजिक कार्यमा समेत सक्रिय बस्नेतको मुख्य व्यबस्थापनमा भएको कार्यक्रम भव्य सफल भएको उपस्थित दर्शक,अतिथी,पत्रकार तथा कलाकारहरुले बताए ।
कार्यक्रमको पिटिभीबाट प्रत्यक्ष प्रसारण गरिएको थियो भने फोटोग्राफीमा कुवेर तामाङ्ग,युवराज नेपाल तथा अंकित शाह रहेका थिए । अतिथीको रुपमा काठमाडौंबाट वरिष्ठ सौन्दर्यविद रिना प्रधान,संचारकर्मी योगेश खपाङ्गी, ईभेन्ट डाईरेक्टर पंकज सिंह, समाजसेवी अर्जुन शाही,समाजसेवी सपना शर्मा, प्याजेन्ट नेपालका प्रमुख तथा संचारकर्मी राज लुईटेल लगायतको उपस्थिती रहेको थियो ।

भर्खरै प्रकाशित

your adv here