20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनशम्भुजीतको संगीत,क्रोधीको शव्द र सुरेशको स्वरमा‘माया नै माया’(भिडियो)

शम्भुजीतको संगीत,क्रोधीको शव्द र सुरेशको स्वरमा‘माया नै माया’(भिडियो)

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौँ । प्रख्यात गायक तथा सङ्गीतकार शम्भुजीत बास्कोटाको नयाँ गीत सार्वजनिक भएसँगै चर्चामा आएको छ । भ्यालेन्टाइन डेको अवसरमा ल्याइएको ‘माया नै माया’ बोलको गीतले अहिले युवा पुस्ताहरूको बिचमा निकै नै चर्चा कमाउन सफल भएको छ ।

विश्वकै पहिलो रियालिटी शो प्रतिभाका डवलीको निर्माता निर्देशक समेत रहेका बास्कोटा नेपालकै पहिलो म्यूजिक भिडियो निर्देशकको रुपमा समेत परिचित छन । नेपाली चलचित्र क्षेत्रमा हजारौं गीतहरुमा उनको संगीत श्रृजना र गायनले लाखौं करोडौं श्रोताहरुको मनमा सधैै वस्न सफल बांस्कोटा चलचित्र विकास वोर्डको पहिलो कार्यकारी समेत हुन ।

पछिल्ला युवा पुस्ताको माया, प्रेमलाई समेटेर बास्कोटाको संगीतमा तयार भएको उक्त गीतले सकारात्मक प्रतिक्रिया पाउनुको साथै छोटो समयमा धेरैले हेरेका छन् ।

वरिष्ठ गीतकार किरण केसी क्रोधीको शब्द रहेको गीतमा सुरेश लामाले स्वर दिएका छन् भने मनोहर सुनामले संगीत संयोजन गरेका छन्। लामो समयदेखि विदेशमा रहेर गीत श्रृजनामा सक्रिय गीतकार क्रोधीको यस अघि थुप्रै गीतहरुको दर्शक श्रोताको रोजाईमा पर्न सफल छन ।

निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडिओमा अभिनेता आकाश श्रेष्ठ र गरिमा शर्माले अभिनय गरेका छन् ।

बुद्ध थापाले छायाङ्कन गरेको उक्त म्युजिक भिडिओलाई विकाश धमलाले सम्पादन गरेका हुन् । भिडियो शम्भूजित बास्कोटाको आफ्नै युट्युव च्यानल शम्भुजित सेभेन नोट्सबाट सार्वजनिक भएको हो ।

भर्खरै प्रकाशित

your adv here