17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeराजनीतिदलहरु पुरै सत्ता स्वार्थको राजनीतिमा चुर्लुम्म डुबे

दलहरु पुरै सत्ता स्वार्थको राजनीतिमा चुर्लुम्म डुबे

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

-डा.डिआर उपाध्याय,

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारले त्यति राम्रो काम गरेर देखाउन सकेन । अहिले सम्म हेर्दा सरकारको आगामी यात्रा त्यति सहज हुने कुनै संकेत देखिदैन । दलहरु पुरै सत्ता स्वार्थको राजनीतिमा चुर्लुम्म डुबेका छन । राष्ट्रपतिको बिषयलाई लिएर दलहरु छिन्न भिन्न हुने संकेत देखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति नेपाली काँग्रेसको हातमा पार्ने दाउ खेल्दै छन । हिजो पनि प्रधानमन्त्री दाहाल र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा बीच बालुवाटारमा गम्भिर बार्ता भएको समाचार आएको छ । यसो भयो भने नेकपा एमाले बिच्किने र सत्ता गठबन्धन धरापमा पर्ने संकेत देखिएको छ । प्रधानमन्त्री दाहाल आफै पनि अस्थिर स्वभावका छन । उनको कारणले देश अस्थिरता तर्फ धकेलिने ठूलो सम्भावना देखिएको छ । सत्ता गठबन्धन निर्माण गर्दा एमाले संग गरेको भद्र सहमति प्रचण्डले कार्यान्वयन गदैनन् भने उनी आफै भबिश्यमा संकटमा पर्ने छन । दाहालको यो अस्थिर स्वभावले मुलुक दुर्घटना तर्फ जाने त होइन भन्ने प्रश्न पनि उठने गरेका छन ।

यो बर्तमान सरकार पुरै असफल बन्दै गएको छ । खास केही राम्रा र लोक प्रिय काम गरेर देखाउन सकेको छैन । कुरा मात्र गरेर हुदैन , काम गरेर देखाउनु पर्छ । यो सरकार आसे पासे र आफना कार्यकर्ता भर्ति गर्न मात्र केन्द्रित बनेको छ अरु यसले माखो मार्न सकेको छैन । सरकारको कामको खास मूल्यांकन सय दिन पछि गरिन्छ । तर सरकारको आलोचना गर्न हतार भए जस्तो होला । भात पाक्यो की पाकेन भन्ने कुरा भातको छिता छामेर पत्ता लगाउन सकिन्छ । हामीले भातको छिता छामी सकेका छौं । अब १०० दिन कुर्न पर्दैन । वर्तमान सरकार गठन भएको सय दिन अझै पुरा भएको छैन । सरकारका प्रारम्भिक काम हेर्दा त्यति चित्त बुझाउने ठाउँ छैन ।

मुलुक भ्रष्टाचार र कुशासनको दुष्चक्रमा फसेको छ । सरकारले अहिले सम्म कुनै राम्रो काम गर्न सकेन । जनताको दुःख सुख बुझेर जनमैत्री काम अघि बढाउन सकेको छैन । अनि यो सरकारवाट जनताले अरु के आश गर्ने ? राजनीतिक दल र तिनका नेताहरु व्यक्तिगत र पार्टीगत स्वार्थमा लिप्त छन । देश र जनताको कुनै चासो र सरोकार तिनीहरुलाई छैन । यो बर्तमान सरकारले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न सकेन ।आमजनचाहना बिपरित दल र तिनका नेताहरु अघि बढदै छन । सिंहदरबार प्रवेश गरेपछि धेरै शासकहरु अन्धा बन्ने गरेका छन ।

यो सरकार पनि अन्धो छ । कवि भूपि शेरेचनले त्यसै भनेका रहेनछन् घुम्ने मेच माथि अन्धो मान्छे । घुम्ने मेच माथिका मान्छे अन्धा हुदा रहेछन । शक्ति र सत्ताको मातले नेताहरु उम्लेका छन । जनताका तमाम खाले समस्या ज्यूँका त्यूँ छन । ति समस्या समाधान गर्न कुनै शासक गम्भिर बन्न सकेनन् ।राजनीतिक दल र तिनका नेताहरुले सुध्रने लक्षण अझै पनि देखिएको छैन । राजनीतिक दलका नेता नै मुलुक प्रति बेइमान गर्दै छन । शासकको सबैभन्दा ठूलो बदमासी बेइमान हो । उनीहरूको बोलाइ र गराइमा ठीक उल्टोपन देखिन्छ ।

नेता र शासकले बोलेअनुसार व्यवहारमा कुनै कुरा उतार्न सकेका छैनन् । विगतमा केही अपवाद छोडेर धेरै मन्त्रीहरू त्यस्तै गलत धन्दामा लागेका प्रसस्त उदाहरणहरू छन् । वर्तमान सरकारका धेरै मन्त्रीबाट खासै आशा गर्ने ठाउँ छैन । देशमा नाटक मञ्चन हुदैछ । नेताहरु जे बोल्छन् त्यो व्यवहारमा देखाउन सकेका छैनन् । अहिले सम्म सरकार र मन्त्रीहरूले राम्रो कामको सुरुवात गर्न सकेको देखिँदैन । त्यसविपरीत पुरानै परम्पराअनुसारका कामहरू गर्न थालेका छन्।

भर्खरै प्रकाशित

your adv here