17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनगायक रमेश पाठकको सङ्गीत क्षेत्रमा एउटा नौलो आयाम

गायक रमेश पाठकको सङ्गीत क्षेत्रमा एउटा नौलो आयाम

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img


भरखरै बिबाह बन्धनमा बाँधिएका प्रसिद्ध गायक एवं सङ्गीत व्यावसायी रमेश पाठकले जीवनसङ्गिनीको आगमनको खुशी, त्यस घटनाबाट आफ्नो जीवनमा परेका सकारात्मक प्रभाव र महत्वलाई साङ्गीतिक स्वरुप दिएर सबैसामु ल्याएका छन् l बिहीबार रिलिज गरिएको म्युजिक भिडिओ ‘तिमी नै तिमी’ मा उनले आफ्नो बिबाह र दुई आत्माको मिलन पछिका असीमित खुशीहरु पोखेका छन् l उनी स्वयमको शब्दरचना/सङ्गीतमा रहेको यस युगल गीतमा नारायण डंगोलको सङ्गीत संयोजन, नरेन्द्र वियोगीको मिक्सिङ/माष्टरिङ रहेको छ भने रमेशलाई गायनमा सुमना गुरुङले साथ दिएकी छिन्

‘तिमी नै तिमी’ को भिडिओ राजाराम गिरीको निर्देशन एवं सम्पादनमा तयार भएको हो l जसमा योगेश दाहाल, निमेष गुरागाईं र राजाराम स्वयमको सिनेम्याटोग्राफी रहेको छ l भिडिओमा रङ्ग सम्पादन भने दिनशन शाहले गरेका छन् l जन्ती गएकोदेखि बिबाह मण्डप समेतका महत्वपूर्ण दृश्यहरु समावेश गरिएको यस म्युजिक भिडिओमा पछि छायाङ्कन गरिएका केही दृश्यहरु समेत राखिएको छ l केही दृश्य वास्तविक र केही अभिनय रहेको यस भिडिओमा रमेश पाठक र शिला गजुरेललाई बिछट्टै सुन्दर जोडीको रुपमा देखिएको छ l पारङ्गत एवं व्यावसायिक मोडल झैँ मनमोहक अभिनयको छाप छाड्न सफल यो जोडीलाई आगामी म्युजिक भिडिओहरुमा समेत हेर्ने अपेक्षा दर्शकमा हुन सक्छ l भिडिओमा जन्ती जाँदैगर्दाका ड्रोन शटहरु समेत समावेश गरिएको हुँदा पूर्व योजना अनुसार नै यस प्रकारको म्युजिक भिडिओ निर्माण भएको कुरा सहजै अनुमान गर्न सकिन्छ l

बेहुला स्वयमको शब्द/सङ्गीत र स्वर रहेको गीतमा बिबाह सहितका फुटेजहरु राखेर, बेहुला बेहुलीकै भावना र अभिनयमा निर्माण भएको म्युजिक भिडिओ सम्भवत: विश्वमै यो पहिलो हुन सक्छ l यस्ता अविष्मरणीय पलहरुलाई पनि म्युजिक भिडिओको स्वरूप दिन सकिने रहेछ भन्ने उदाहरण प्रस्तुत गरेर गीतकार, सङ्गीतकार, गायक र म्युजिक व्यावसायी रमेश पाठकले सङ्गीत क्षेत्रमा एउटा नौलो आयाम समेत थपेका छन् भन्दा फरक नपर्ला l

-तुलसी गिरी ‘भावुक’

भर्खरै प्रकाशित

your adv here