23.1 C
Kathmandu
Thursday, May 21, 2026
Homeराजनीतिउपनिर्वाचनको मत परिणामले दिन खोजेको सन्देश

उपनिर्वाचनको मत परिणामले दिन खोजेको सन्देश

Date:

सम्बन्धित खबर

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...

‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक (भिडियो)

काठमाडौं  । गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको...
spot_img

डा.डिआर उपाध्याय,

काठमाडौं । राजनीति हो, कति खेर कुन पार्टी ठूलो हुन्छ र कति खेर कुन । पुराना पार्टी भनेर मात्र हुदैन । बिचार, नीति , शिद्धान्त ठिक भए पनि ब्यवहारमा लागु गर्न सकेनन् भने त्यसको कुनै अर्थ हुदैन । उपनिर्वाचनको मत परिणामले जुन किसिमको सन्देश दिन खोजेको छ त्यो सहि हो । अब पुराना पार्टी भन्दैमा जनताले जोगाउने पक्षमा छैनन् । पुराना पार्टीहरुलाई जनताले पटक पटक सुध्रने मौका नदिएका होइनन् । तर कुनै पनि दलहरुले चासै दिन खोजेनन् ।

रबि लामिछाने र स्वर्णिम वाग्लेले सानदार रुपमा अत्याधिक मतले जितेका छन र अर्को २०८४ सालको चुनावका लागी राम्रो सन्देश दिएका छन । अब पुराना ठूला दलहरु सच्चिने की सक्किने भन्ने बिषयमा गम्भिर प्रश्न उठने गरेका छन । अब पनि ठूला दल सच्चिने बाटो तत्काल खोजेनन् भने उनीहरु माथि समस्या तेर्सिने छ ।

आज नेपाली जनता ठूला दल प्रति वाक्क दिक्क परिरहेका छन । पटक पटक सरकारमा गएर पनि मुलुक बनाउने मार्ग चित्र कोर्न सकेनन् । यो नै ठूलो समस्या हो । अब जनताले युवाको नेतृत्व र परिवर्तन खोजिरहेका छन । अब नेपाली जनता धेरै बुझने भएका छन ।

भ्रमको राजनीतिमा जनता अब अल्झिदैनन् । यो कुरा ठूला दलहरुले बुझे पनि हुन्छ । सत्तारुढ दल पुरै गठबन्धनका पार्टीहरु लागे पनि चितवनमा रबि र तनहुँमा स्वर्णिम वाग्लेलाई हराउन सकेनन् । आज देश भरी रास्वपाको चर्चा चलिरहेको छ । युवाहरुले देशमा बिकास, समवृद्धि र रोजगार खोजेका छन । तर पुराना र ठूला पार्टीहरुवाट सम्भव नदेखे पछि शान्तिपूर्ण बिद्रोह गरिरहेका छन । जनतामा असन्तुष्टि चुलिदै गयो भने मतदानवाट यस्तै परिणाम दिन्छन । ठूला दलहरुले आगामी दिनमा आफना कार्यकर्ताहरुको भोट समेत जोगाउन नसक्ने अबस्था बन्न सक्ने छ ।

जनताले आश गरेका दलहरुवाट पनि मुलुकको प्रगति हुन सकेन । मुलुकको प्रगति नभए पछि जनताले बिकल्प रोज्छन । आज भएको त्यही हो । देशमा बिकृति , बिसंगति, भष्टाचार मौलाउँदै गएको जनताले नजिक बाट हेरिरहेका छन । ठूला दलहरुले यी कुरामा ध्यान नदिए पछि जनता असन्तुष्टि हुनु स्वभाविक हो । अझै केही बिग्रेको छैन, काँग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, मधेस केन्द्रित दल लगायत सबै अब सुध्रनु पर्छ । जनताको पक्षमा काम गरेर देखाउनु पर्छ । देशमा बिकास र समृद्धि ल्याउने कुरामा दलहरु गम्भिर बनेर अघि बढनु पर्छ ।

ठूला दलहरुले बिगतमा गरेका गल्तिबाट पाठ सिकेर अघि बढने कोसिस् गर्नु पर्छ । आफना आसेपासे र नाता गोतालाई मात्र पोस्ने काम दलहरुले जुन गल्ति गदै आएका छन यसमा गम्भिरता देखाउनु पर्ने देखिएको छ । समय छदै सच्चिने काम भयो भने पार्टी जोगाउन त्यति समस्या नहुन सक्छ । लोकतन्त्रवादी शक्तिहरुका बीच सहकार्य गरेर जानु पर्ने अबस्था पनि आउन सक्छ । समय, परिस्थिती अनुसार दलहरु चल्न सकेनन् भने कुनै काम छैन ।

ती दलहरु खिइदै जाने हुन । अब जनताले आश्वासन अनुसारको परिणाम खोजिरहेका छन । त्यो पार्टीहरुले पुरा गर्न सकेनन् भने आफै सकिदै जाने हो । अरु कुनै बिकल्प छैन ।

भर्खरै प्रकाशित

your adv here