19.5 C
Kathmandu
Sunday, March 23, 2025
Homeसमाचारफिल्मनायिका कशिस अभिनित चलचित्र ‘रोशनी’को नयाँ गीत सार्वजनिक(भिडियो)

नायिका कशिस अभिनित चलचित्र ‘रोशनी’को नयाँ गीत सार्वजनिक(भिडियो)

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

चलचित्र ‘रोशनी’को नयाँ गीत सार्वजनिक भएको छ । निर्माण टिमले फिल्म ‘रोशनी’को गीत ‘अधुरो छु म तिमी बिना’ युटुबमार्फत रिलिज गरेको हो। सार्वजनिक भएको फिल्मको गीतमा ओम सुनार र अन्जु पन्तको आवाजमा सजिएको छ भने शब्द संगीत ओमले नै गरेका छन्।गीतको भिडियोमा फिल्मका मुख्य कलाकार कशिस दाहाल र रमेश अब्जुले अभिनय गरेका छन्।

गीत रिलिज भएपछि अभिनेत्री दाहाल निकै उत्साहित भएकी छन्। उनले फिल्म निकै राम्रो बनेको र यस फिल्मले आफुलाई उचाईमा पुर्याउन सहयोग गर्ने बताईन।माया प्रेम र द्धन्दमा आधारित फिल्ममा कशिस र रमेशका अलवा नितल पल,सुरज राना,मेनुका गिरी लगायतको मुख्य भुमिका रहेको छ। फिल्मलाई अभिनेता रमेशले नै लेखेका हुन् भने निर्देशन खुब बहादुर सुनार रहेका छन्।

सम्पादन गौतमराज खड्का,एक्सन गोपाल परियार र बीर मास्टर र डिओपी अर्नुन कुमार सुनार रहेका छन्। यस फिल्ममा अर्जुन पोखेरको संगीत,डाक्टर कृष्ण हरि बरालको शब्द रचना समेत रहेको छ। फिल्ममा लगानी रमेश अब्जु,मिलन कुमार भारी,अजय अब्जु रहेका छन्।

भर्खरै प्रकाशित

your adv here