17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeअवार्डरोशन श्रेष्ठले हात पारे डिसिने अवार्ड

रोशन श्रेष्ठले हात पारे डिसिने अवार्ड

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

डिसिने अवार्डको १३ औं र चौथौं संस्करण सम्पन्न भएको छ । सोमबार राजधानीको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रमका बिच दुई वर्षको अवार्ड एकैपटक प्रदान गरिएको थियो। कोभिड १९ का कारण उक्त वर्षहरु अवार्ड आयोजना गर्न नसकिए पनि उत्कृष्ट चलचित्र निर्माणका लागि चलचित्रकर्मीहरुलाई निरन्तर प्रोत्साहित गर्नु पर्छ भन्ने मान्यता अनुरुप यसलाई निरन्तरता दिइएको अवार्ड अध्यक्ष शान्तिप्रियले जनाएका छन् ।

डिसिने अवार्डको १३ औं संस्करण २०७७ अन्र्तगत चलचित्र हिरो रिटन्सबाट सर्वोत्कृष्ट सह अभिनेताको अवार्ड रोशन श्रेष्ठले प्राप्त गरेका छन् । कलाकार रोशन श्रेष्ठ नेपाल चलचित्र कलाकार संघ को सदस्य पनि हुन्, त्यस्तै सर्वोत्कृष्ट चलचित्रको अवार्ड चलचित्र श्रीबाट सूर्य बाहोराले प्राप्त गरेका छन् भने सर्वोत्कृष्ट अभिनेताको अवार्ड हिरो रिटन्स्बाट नै सविन श्रेष्ठले प्राप्त गरेका छन् । सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड लक्ष्मी पुजाबाट जाहन्वी बस्नेत, नृत्य निर्देशकको अवार्ड चलचित्र गुड फ्रेण्ड अजय स्याङताङले प्राप्त गरेका छन् ।

चलचित्रकर्मीहरुको बाक्लो उपस्थितिका बिच सम्पन्न अवार्ड समारोहमा कलाकारद्वय अर्जुन श्रेष्ठ र दिपाश्री निरौलालाई छायाँछबी रजत सम्मान र चलचित्र पत्रकार कुबेर गिरीलाई छायाँबछी चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । समारोहमा १३ औं संस्करण अन्र्तगत वर्ष २०७७ मा प्रदर्शनमा आएका सातवटा चलचित्रबाट बिभिन्न पाँच बिधामा अवार्ड प्रदान गरिएको थियो ।

भर्खरै प्रकाशित

your adv here