14.1 C
Kathmandu
Friday, March 21, 2025
Homeचलचित्रकलिउडअभिनेत्री स्वस्तिमा खड्का अस्ट्रेलियाको सिड्नीमा

अभिनेत्री स्वस्तिमा खड्का अस्ट्रेलियाको सिड्नीमा

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

अभिनेत्री स्वस्तिमा खड्काका लागि यो वर्ष राम्रो फापेको छ । गत वैशाख यता उनका ‘ऐँचो पैँचो’, ‘पशुपति प्रसाद २ स् भस्मे डन’ र ’दिमाग खराब’ गरेर तीन फिल्म प्रदर्शनमा आए । तीनमध्ये दुई हिट साबित भएको छ । त्यसैले पनि उनी दङ्ग छिन् । उनलाई अफर हुने फिल्मको सङ्ख्या पनि बढेको छ ।

उनी भने यतिबेला अस्ट्रेलियाको सिड्नी पुगेकी छन् । फिल्म ‘दिमाग खराब’ लिएर उनी त्यहाँ पुगेकी हुन् । अस्ट्रेलियाको विभिन्न सहरमा फिल्मको शो भइरहेको छ । त्यसमा उनी सहभागी हुने, दर्शक प्रतिक्रिया बुझ्ने गरिरहेकी छन् । उनको साथमा फिल्मका निर्देशक तथा पति निश्चल बस्नेत समेत छन् ।

अस्ट्रेलियामा आफूले इन्जोय गरिरहेको उनले सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी छन् । हालै उनले सिड्नीबाट पिंक रङ्गको पहिरन लगाएर खिचाएको तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरमा उनी निकै खुसी र खुलेकी देख्न सकिन्छ ।

‘दिमाग खराब’ मा स्वस्तिमाको अलवा खगेन्द्र लामिछाने, दयाहाङ राई, विजय बरालको अभिनय छ ।

भर्खरै प्रकाशित

your adv here