17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeविषेश समाचारबिहान बेलुका धुम्म, दिउँसो घाम र बादल, तत्काल पानी नपर्ने : मौसम

बिहान बेलुका धुम्म, दिउँसो घाम र बादल, तत्काल पानी नपर्ने : मौसम

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

बिहान बेलुका मौसम धुम्म भइरहे पनि तत्काललाई वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । पछिल्ला दिनमा बिहान बेलुका मौसम धुम्मिरहेको छ भने दिउँसो घाम–बादल भइरहेको छ ।

दिउँसो केहीबेर घाम लाग्ने र केहीबेर बादल लाग्ने भइरहेको हो । मौसम पूर्णरुपमा खुलेको छैन । आज, भोलि र पर्सिको मौसम पनि यस्तै रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिएका छन् । उनका अनुसार अहिले देशका धेरै ठाउँमा हिजोअस्तिको जस्तै गरी हुस्सुकुहिरो लागेको छ ।

पहाडी क्षेत्रमा लागेको हुस्सुकुहिरो केहीबेरमा हटेर घाम लाग्ने सम्भावना छ । तर, तराईका जिल्लामा भने दिउँसोपछि मात्रै हुस्सुकुहिरो हट्ने अनुमान छ । नेपालमा अहिले पश्चिमी वायुको प्रभाव रहेको छ । यसकै कारण मौसम बदली भइरहेको छ । मौसम बदली भइरहे पनि तत्काललाई पानी पर्ने सम्भावना नरहेको मौसमविद् कँडेलले बताएका छन् ।

हिजो पाँचथरमा भने हल्का वर्षा भएको थियो । यसैबीच, काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ७ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंसँगै देशका धेरै ठाउँकै न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले चिसो बढ्दो छ ।

भर्खरै प्रकाशित

your adv here