22.6 C
Kathmandu
Sunday, March 23, 2025
Homeभिडियोराजदूत सुवेदीको फूल कि काँडा गीत सार्वजनिक

राजदूत सुवेदीको फूल कि काँडा गीत सार्वजनिक

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको ‘फूल छ कि काँडा’ बोलको गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्जीवनी र सौरभ दासको आवाज रहेको यस गीतको म्युजिक भिडियोमा ज्योति खड्का, सुमन अधिकारी र योदिश न्यौपानेले अभिनय गरेका छन् ।

साहित्यिक नाम दुबसु क्षेत्रीका रूपमा परिचित राजदूत सुवेदीको शब्द सिर्जना रहेको छ भने वरिष्ठ सङ्गीतकार शिखर सन्तोषले सङ्गीत दिएका हुन् ।
सुवेदीका गीत, कविता, गजल जस्ता दर्जनौँ साहित्यिक सृजनाहरू यसअघि पनि सार्वजनिक भइसकेका छन् । सन् २०१६ देखि सन् २०२२ सम्म बेलायतको २० औँ राजदूतको भूमिका निर्वाह गर्ने क्रममा बेलायतको कला,साहित्य र गीत सङ्गीतको क्षेत्रलाई निकै मलजल गरेका थिए ।

सुवेदीको संयोजन र सम्पादनमा ‘बेलायतमा नेपाली कवि र कविता’, ‘बेलायतमा नेपाली कथा’, ‘बेलायतमा नेपाली मुक्तक’ र ‘बेलायतमा नेपाली गजल’ ‘बेलायतमा नेपाली नाटक’ प्रकाशित भएका थिए । त्यसो त उनको आफ्नै आवाजमा अडियो बुक रेकर्ड गरेका छन्, जुन उनको आफ्नै कृति हो ।

भर्खरै प्रकाशित

your adv here