21.1 C
Kathmandu
Tuesday, September 22, 2026
Homeखेलकुदमधेशलाई हराउँदै पीएम कप टी–२० मा बागमतीको विजयी सुरुवात

मधेशलाई हराउँदै पीएम कप टी–२० मा बागमतीको विजयी सुरुवात

Date:

सम्बन्धित खबर

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने सन्देशसहित बेइजिङमा ग्लोबल अवार्ड समारोह

बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त...

भव्य मञ्चमा खुले नयाँ पुस्ताका प्रतिभा, सम्पन्न भयो फेस अफ जुनियर मोडल

काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ...

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...
spot_img

राजधानीमा आजबाट सुरु भएको प्रधानमन्त्री महिला टी२० क्रिकेटमा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो उद्घाटन खेलमा अर्को प्रादेशीक टिम मधेशलाई २८ रनले पाखा लगाउँदै विजयी सुरुवात गरेको हो ।

११८ रनको विजयी लक्ष्य पछ्याएको धेश निर्धारित २० ओभरमा ५ विकेट गुमाएर मात्र ८९ रनमा समेटियो । उसका लागि प्रतिमा साहले १५, पूजा महतोले ३५, र अनुराधाच चौधरीले २१ रन बनाउन बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ बागमतीकी अस्मिना कर्माचार्यले २ तथा मनिसा उपाध्यायले १ विकेट लिईन् । यसअघि सुरुवातमा ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा यसोधा विष्टको ४७ तथा अस्मिना कर्माचायको ३१ रनको मद्दतमा ११७ रन जोडेको थियो ।

पुस १८ गतेसम्म चल्ने प्रतियोगिता मूलपानी र त्रिवि मैदानमा सञ्चालन हुनेछ । पहिलो पटक प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता राउन्ड रोविनको आधारमा हुँदैछ । यसअघि सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा खेलाइँदै आएको थियो ।

तर यस पटकबाट महिला खेलाडीले पनि धेरै खेल खेल्ने अवसर पाउने भएका छन् । लिग चरणमा सहभागी हरेक टोलीले एक अर्कासँग खेल्नेछ । लिगमा हरेक टोलीले ७(७ खेल खेल्नेछन् ।

लिग चरणपछि अंक तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफ पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ ।

भर्खरै प्रकाशित

your adv here