25.1 C
Kathmandu
Tuesday, October 27, 2026
Homeचलचित्रदयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ असारमा रिलिज हुने

दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ असारमा रिलिज हुने

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...
spot_img

पछिल्लो समय फिल्म छायाङ्कन अगाडि प्रदर्शन मिति तोक्न थालिएको छ । यस्तैमा अभिनेता दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने फिल्म ‘घरज्वाइँ’ पनि असार २८ गते सार्वजनिक प्रदर्शनमा आउनेछ ।

निर्माण युनिटले वितरक रोहित कट्टेलसँगको छलफलपछि प्रदर्शन मिति सार्वजनिक गरेको हो । प्रदर्शन मितिसँगै फिल्मको थिम पोस्टर पनि सार्वजनिक भएको छ ।

अनिल बुढामगरको निर्देशन रहने फिल्ममा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, कविता आले, राज थापा, शिला आले, अनु थापा, बिना थापामगर, खबपु पुनको अभिनय रहनेछ । माघ तेस्रो साताबाट छायाङ्कन सुरु हुन लागेको फिल्म पूर्वी रुकुममा खिचिनेछ । फिल्ममा निर्देशक मगरको अलवा विनोद खतिवडा र सुवास कोइरालाको लेखन रहेको छ ।

जीएम मुभिज प्रडक्सनको प्रस्तुतिमा जनक घर्तीमगर निर्माता रहेको फिल्ममा सुसन प्रजापति, हर्क साउद र मनोज थापाको शब्द तथा सङ्गीत रहनेछ । आरआर फिल्मस्ले वितरण गर्ने फिल्मको अस्ट्रेलिया प्रदर्शन अधिकार एमएसएम इन्टरटेन्मेन्टले लिएको छ । घरज्वाइँ बस्ने परम्पराको कथामा फिल्म बन्न लागेको हो ।

भर्खरै प्रकाशित

your adv here