11.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeसमाचारनेपालमा फेरि पश्चिमी वायु सक्रिय, पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको...

नेपालमा फेरि पश्चिमी वायु सक्रिय, पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

देशको पश्चिमी क्षेत्रबाट पश्चिमी वायु पुनः सक्रिय भएको छ । यसअघि यही हप्ता पश्चिमी वायु सक्रिय भए पनि पूर्वानुमान् अनुसार पानी नपरेकोमा फेरि पश्चिमी वायु सक्रिय भएको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

सुदूरपश्चिमका केही ठाउँमा अहिले पनि फाट्टफुट्ट पानी पर्न थालेको छ । दिउँसो गण्डकी भन्दा पश्चिमतर्फको पहाडी क्षेत्रमा बदली भइ सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिएका छन् ।

यस पटक सक्रिय पश्चिमी वायुले बाग्मती र कोशी प्रदशेका पहाडी क्षेत्रमा पनि सामान्य वर्षा गराउने सम्भावना छ । काठमाण्डौ उपत्यका सहित पूर्वका क्षेत्रमा आज बेलुकीपख वर्षाको सम्भावना छ । ती क्षेत्रमा पनि दिउँसोदेखि नै मौसम बदली हुने छ ।

आज रातिदेखि मौसम सुधार हुन थाल्ने र भोलिदेखि भने मौसम सुधार हुने मौसमविद् लामिछानेले बताए । सुदूरपश्चिम क्षेत्रमा भने भोलि पनि बदली र छिटपुट वर्षाको सम्भावना छ । पश्चिमी वायु सक्रिय हुँदा तराई मधेशमा वर्षाको सम्भावना नरहे पनि यसका कारण हुस्सु कुहिरो हटेर घाम लाग्ने सम्भावना रहेको मौसमविद् लामिछानेले बताएका छन् ।

भर्खरै प्रकाशित

your adv here