16.1 C
Kathmandu
Monday, May 4, 2026
Homeअवार्डथाइल्याण्डमा जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान सम्पन्न

थाइल्याण्डमा जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान सम्पन्न

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...
spot_img

विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई थाइल्याण्डमा जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान अर्पण गरिएको छ । गैरआवसीय नेपाली संघ ‘एनआरएनए’ थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा थाइल्याण्डको बैंकक स्थित प्रिन्सटन होटलमा जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान अर्पण गरिएको हो ।

समारोहमा इशान श्रेष्ठले मञ्जुश्री नृत्य प्रस्तुत गरेका थिए भने नृत्य निर्देशक/कोरियोग्राफर कृष्ण रसाल, केशव कोइराला, मोडल तथा कलाकार शिला गजुरेल, जोशिफा गुरूङ रसाल, पुजन काफ्ले लगायतले आफ्ना प्रस्तुतिमार्फत दर्शकको मन जित्न सफल भएका थिए ।

समारोहमा सिक्किममा रहेर नेपाली गीत, संगीत भाषा, साहित्य कला संस्कृतिको संरक्षण सम्वद्र्धनमा अतुलनीय योगदान पुर्‍याएकोमा जीवन शर्मालाई सम्मान अर्पण गरिएको थियो भने हिमालय टाइम्स दैनिकका उपसम्पादक एवं मिलाप मासिकका सम्पादक कृष्ण भुसाललाई ‘पत्रकारिता रजत सम्मान’ले विभूषित गरिएको थियो ।

समारोहमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शोभा अर्याल, नृत्य, मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, पत्रकार राज लुईंटेल, गायक÷संगीतकार रामबावु राहुत पटेल, इभेन्ट डाइरेक्टर डेभिल सिंह राजपुत, फेयर एक्सप्रेस मिडियाका अध्यक्ष विपिन पोख्रेल, सामाजिक अभियन्ता वरूणकुमार माझी, ढुवानी व्यवसायी महासंघका सचिव एवं समाजसेवी धर्मराज पोख्रेल लगायतलाई सम्मान अर्पण गरिएको जिनियसका अध्यक्ष रमेश पाठकले बताए ।

थाइल्याण्डमा रहेर लामो समयदेखि व्यवसाय गर्दै आइरहेका सामाजिक व्यक्तित्व सुनील खड्काको विशेष आतिथ्यता रहेको समारोहमा अन्य अतिथिहरूको उल्लेखनिय उपस्थिति रहेको थियो ।

भर्खरै प्रकाशित

your adv here