16.6 C
Kathmandu
Wednesday, April 15, 2026
Homeमनोरन्जन‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२५’ को तयारी अन्तिम चरणमा,ग्राण्ड फिनाले श्रावण...

‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२५’ को तयारी अन्तिम चरणमा,ग्राण्ड फिनाले श्रावण १० गते

Date:

सम्बन्धित खबर

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

काठमाडौं –दक्ष इन्टरनेशनलको आयोजनामा हुने सौन्दर्य प्रतियोगिता ‘मिसेस ब्युटिफुल नेपाल’ को नवौं तथा दशौं संस्करणको तयारी पूरा भएको आयोजकले जनाएको छ। यही साउन १० गते शनिवारका  दिन नेपाल पुलीस क्लब, काठमाडौंको भव्य सभाहलमा प्रतियोगिताको फिनाले आयोजना गरिनेछ। कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरूको विशेष सांगीतिक प्रस्तुती समेत प्रस्तुत गरिने छ।

सौन्दर्य, आत्मविश्वास र समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्दै विवाहित महिलाहरूको व्यक्तित्व र प्रतिभा उजागर गर्न आयोजित यस कार्यक्रमले विगतका संस्करणहरूमार्फत समाजमा सकारात्मक सन्देश फैलाउँदै आएको आयोजक संस्थाका प्रमुख टेकराज पाण्डेले जनाए ।

दशौं संस्करणमा प्रतिस्पर्धा गर्न लागेका मिस तर्फ सहभागीहरू यसप्रकार छन्:

  • काव्या ढकाल

  • सपना कुमारी सहनी

  • अनुग्रह घिमिरे

  • सोनिया रन्जित

  • श्रेया वाग्ले

  • विपना भट्टराई

  • प्रमिला न्यौपाने

  • प्रसुना सेन्चुरी

  • एलिना कार्की

त्यस्तै, नवौं  संस्करणका मिसेस तर्फ प्रतियोगीहरूको नाम यस प्रकार रहेका छन्:

         मोनिका शर्मा

         प्रिया कार्की

         मनिषा गुरागाईं

        अनिता राज भण्डारी

        पारु खड्का

यस कार्यक्रमको ईभेन्ट डाईरेक्टर रमेश पाण्डे हुन भने ,इभेन्ट म्यानेजरको रूपमा राहुल बन्जाडे रहेका छन । आयोजकमा नेपालका चर्चित सेलिब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डे रहेका छन । यसै गरि इभेन्ट कोअर्डिनेटरको रूपमा गीता उप्रेती रहने छिन्। प्रतियोगिताको अन्तराष्ट्रिय कोरियोग्राफी आश्विनी झाले गरेका हुन,  भने अफिसियल फोटोग्राफरको रूपमा बद्री थापा रहनेछन्।

कार्यक्रमले महिलाहरूको आत्मबल, सामाजिक उत्तरदायित्व र सिर्जनात्मकतालाई राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। आयोजक संस्थाले सौन्दर्य प्रतियोगितालाई केवल बाह्य आकर्षणमा सीमित नराखी सामाजिक रूपान्तरणको सशक्त माध्यमका रूपमा प्रयोग गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै आयोजकले सम्पूर्ण दर्शक, सहभागी तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई प्रतियोगीहरूलाई उत्साह र सम्मान दिन आह्वान गरेका छन्।  हाल प्रतियोगीहरुको प्रशिक्षण न्यू समित कलेजमा चलिरहेको छ । प्रतियोगीहरुलाई तालिम सहित विभिन्न किसिमका सचेतना कक्षाहरु समेत प्रदान गरिदै आएको छ ।

भर्खरै प्रकाशित

your adv here