23.1 C
Kathmandu
Sunday, May 10, 2026
Homeजीवनशैलीईटहरीमा खुल्यो फेसियल हाउस

ईटहरीमा खुल्यो फेसियल हाउस

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...
spot_img

नेपालको सौन्दर्य सेवा क्षेत्रमा परिचित संस्था फेसियल हाउसले आफ्नो सेवा विस्तार गर्दै प्रदेश नं. १ को प्रमुख व्यापारिक केन्द्र ईटहरीमा नयाँ शाखाको शुभारम्भ गरेको छ ।
नयाँ शाखाको उद्घाटन एक विशेष समारोहबीच ईटहरी उप–महानगरपालिकाकी उप–प्रमुख संगीता कुमारी चौधरी, ईटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुली, र फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ ब्यूटिसियन सुष्मा महराले संयुक्त रूपमा रिवन काटी सम्पन्न गर्नुभयो ।
उद्घाटन समारोहमा बोल्दै सुष्मा महराले भनिन्,
“फेसियल हाउसले सात वर्षअघि झापाबाट सेवा आरम्भ गरेको थियो। यद्यपि, कोभिड महामारीका कारण केही समयका लागि सेवा रोकिएको थियो। अहिले हामीले पूर्वका सबै सेवाग्राहीलाई लक्षित गरी ईटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएका छौं। सस्तो, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नु हाम्रो मूल उद्देश्य हो।“
ईटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुलीले ईटहरीलाई सौन्दर्य सेवाको हब बनाउन फेसियल हाउसले पु¥याउने योगदानको सराहना गर्दै संस्थालाई सफलताको शुभकामना दिनुभयो ।
वडानं ६ का वडा अध्यक्ष दिवस पोख्रेलले फेसियल हाउसको सेवा र प्रभावबारे पहिले देखि जानकारी रहेको बताउँदै ईटहरीमा शाखा विस्तार गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
प्रमुख अतिथि उप–प्रमुख संगीता कुमारी चौधरीले भनिन्,
“राम्रो बन्ने चाहना सबैको हुन्छ । सौन्दर्य सेवा महिलाहरूको आत्मविश्वास र पहिचानसँग जोडिएको विषय हो। फेसियल हाउसले यहाँ शाखा विस्तार गरी महिला सशक्तीकरणमा सहयोग गरेकोमा धन्यवाद दिन चाहन्छु। नगरपालिकाले पनि महिलाहरूलाई ब्युटिसियन तालिम प्रदान गर्दै आएको छ, र यसलाई रोजगारीमा रूपान्तरण गर्नेजस्तो व्यवसायको उपस्थितिले थप उत्साह मिलेको छ ।“
फेसियल हाउस, ईटहरी शाखाबाट ग्राहकहरूले हेयर केयर, स्किन केयर, स्किन टेस्ट, मेनिक्योर–पेडिक्योर, हाइड्रा फेशियल लगायतका अत्याधुनिक सेवा सुविधा एकै छानामुनि पाउन सक्नेछन् ।
संस्थाले निकट भविष्यमा पूर्वाञ्चलका अन्य शहरहरूमा पनि सेवा विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ ।

भर्खरै प्रकाशित

your adv here