21.8 C
Kathmandu
Thursday, April 16, 2026
Homeमनोरन्जनतेश्रो संस्करणको ‘लिटिल स्टार नेपाल’ को अन्तिम स्पर्धा सम्पन्न

तेश्रो संस्करणको ‘लिटिल स्टार नेपाल’ को अन्तिम स्पर्धा सम्पन्न

Date:

सम्बन्धित खबर

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

तेश्रो संस्करणको ‘लिटिल स्टार नेपाल’ को अन्तिम स्पर्धा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘नृत्यु, ‘गायन’ र ‘अभिनय’ समूहका मुख्य बिजेता घोषित भए ।

‘सिनियर डान्सतर्फ एन्जल देउला विजयी हुँदा स्विकार श्रेष्ठ फर्स्ट रनरअप, कृतिका खड्का सेकेन्ड रनर अप, सोफिया परियार थर्ड रनर अप, आर्या ब्यन्जनकार पब्लिक चोईस र आरएन सिंह मस्ट पपुलर अवार्ड विजेता घोषित भए। त्यसैगरी ‘जुनियर डान्सुतर्फ आर्या कुँवरले शिर्ष ताज पहिरिँदा परिधी कार्की फर्स्ट रनरअप, शहिन्सा चौधरी सेकेन्ड रनरअप, सुप्रेक्षा शाही थर्ड रनरअप, येस्मिन सापकोटा फोर्थ रनरअप, श्रीजिता चालिसे पब्लिक चोईस र बेबिका रोकयाले मस्ट पपुलर अवार्ड हात पारे।

प्रतियोगिताको ‘गायन’तर्फ दिव्या पाण्डेले शिर्ष उपाधी आफ्नो हातमा परिन। फर्स्ट रनरअप उमेश मगर, सेकेन्ड रनरअप निदुङ हाङ राई,
पब्लिक चोईस लक्की दास र मस्ट पपुलर अवार्ड प्राशी रिसालले हात पारे।

यस्तै ‘अभिनय’तर्फ कृपा गौतमले शिर्ष ताज आफ्नो हातमा पार्दा ब्रिन्दाजल खरेल फर्स्ट रनरअप र मस्ट पपुलर, आरव ढकाल सेकेन्ड रनर र पव्लिक चोईस अवार्ड विजेता घोषित भए।

रोजिन शाक्यले संचालन गर्नुभएको उक्त प्रतियोगिताको निर्णायकको रुपमा माधवराज खरेल, राज लुइँटेल, सन्ध्या सानु, सरोज प्याकुरेल र रिता केसी रहेका थिए।

सन्दीप भुजेल, कृष्ण भट्टराई, गोपाल ढकाल ‘छन्दे’, नमुना दाहालको प्रशिक्षण रहेको उक्त प्रतियोगितामा बालबालिकाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतियोगीको प्रतिभा प्रस्फुटन, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले लगातार एएनपी मिडिया हाउसले विगत तीन वर्षदेखि ‘लिटिल स्टार नेपाल’ प्रतियोगिता संचालन गर्दै आएको आयोजक संस्थाका सिईओ लव बहादुर कार्कीले जनाए ।
कार्यक्रमको व्यबस्थापन लोमस कार्की तथा लविस कार्कीले गरेका थिए भने शम्भु रेग्मिले कोअर्डिनेटरको भूमिका निर्वाह गरेका थिए ।

भर्खरै प्रकाशित

your adv here