20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeसमाचारविश्व कीर्तिमानी डा.उपाध्यालाई संयुक्त नेपाली महासंघ मुम्बईको विशेष सम्मान

विश्व कीर्तिमानी डा.उपाध्यालाई संयुक्त नेपाली महासंघ मुम्बईको विशेष सम्मान

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

मुम्बई, २०७९ माघ २७ । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा। डीआर उपाध्यालाई संयुक्त नेपाली महासंघ मुम्बईले विशेष सम्मान गरेको छ ।

उहाँलाई एक विशेष समारोहबीच नेपाली महासंघले विशेष सम्मान गरेको हो । संयुक्त नेपाली महासंघ मुम्बईले उहाँलाई ‘विश्व कीर्तिमान अद्भुत व्यक्तित्व सम्मान’ बाट विभुषित गरेको हो ।

बहुआयामिक व्यक्तित्वका धनी प्रसिद्धि गीतकार तथा उपन्यासकार डा. उपाध्यायले आफ्ना सिजर्नामार्फत विश्वमा नेपाल चिनाउन सफल हुनुभएको विषय हामी सबैका लागि गौरवको कुरा भएकोले उहाँलाई सम्मान अर्पण गरिएको महासंघका अध्यक्ष धिर रावलले बताउनुभयो ।

‘एउटा स्रष्टा मात्र नभएर हाम्रो राष्ट्रिय धरोहरका रुपमा रहनुभएको अद्वितिय व्यक्तित्वलाई मुम्बईमा सम्मान गर्न पाउँदा हामी हर्ष विभोर भएका छौ’, अध्यक्ष रावलको भनाइ थियो ।

यस्तै डा .उपाध्यायलाई महासंघले आफ्नो आजिवन मानर्थ सदस्य पनि प्रदान गरेको छ । १३२ विश्व कीर्तिमान कायम गर्नुभएका उपाध्याय ३६ एल्बमका सयौं गीत श्रोतारदर्शकमाझ आएका छन् ।

यस्तै, उहाँका ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायां’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ र ‘मझधार’ जस्ता १५ उपन्यास पाठकमाझ आएका छन् ।

भर्खरै प्रकाशित

your adv here