14.1 C
Kathmandu
Monday, October 26, 2026
Homeराजनीतिउपनिर्वाचनको मत परिणामले दिन खोजेको सन्देश

उपनिर्वाचनको मत परिणामले दिन खोजेको सन्देश

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...
spot_img

डा.डिआर उपाध्याय,

काठमाडौं । राजनीति हो, कति खेर कुन पार्टी ठूलो हुन्छ र कति खेर कुन । पुराना पार्टी भनेर मात्र हुदैन । बिचार, नीति , शिद्धान्त ठिक भए पनि ब्यवहारमा लागु गर्न सकेनन् भने त्यसको कुनै अर्थ हुदैन । उपनिर्वाचनको मत परिणामले जुन किसिमको सन्देश दिन खोजेको छ त्यो सहि हो । अब पुराना पार्टी भन्दैमा जनताले जोगाउने पक्षमा छैनन् । पुराना पार्टीहरुलाई जनताले पटक पटक सुध्रने मौका नदिएका होइनन् । तर कुनै पनि दलहरुले चासै दिन खोजेनन् ।

रबि लामिछाने र स्वर्णिम वाग्लेले सानदार रुपमा अत्याधिक मतले जितेका छन र अर्को २०८४ सालको चुनावका लागी राम्रो सन्देश दिएका छन । अब पुराना ठूला दलहरु सच्चिने की सक्किने भन्ने बिषयमा गम्भिर प्रश्न उठने गरेका छन । अब पनि ठूला दल सच्चिने बाटो तत्काल खोजेनन् भने उनीहरु माथि समस्या तेर्सिने छ ।

आज नेपाली जनता ठूला दल प्रति वाक्क दिक्क परिरहेका छन । पटक पटक सरकारमा गएर पनि मुलुक बनाउने मार्ग चित्र कोर्न सकेनन् । यो नै ठूलो समस्या हो । अब जनताले युवाको नेतृत्व र परिवर्तन खोजिरहेका छन । अब नेपाली जनता धेरै बुझने भएका छन ।

भ्रमको राजनीतिमा जनता अब अल्झिदैनन् । यो कुरा ठूला दलहरुले बुझे पनि हुन्छ । सत्तारुढ दल पुरै गठबन्धनका पार्टीहरु लागे पनि चितवनमा रबि र तनहुँमा स्वर्णिम वाग्लेलाई हराउन सकेनन् । आज देश भरी रास्वपाको चर्चा चलिरहेको छ । युवाहरुले देशमा बिकास, समवृद्धि र रोजगार खोजेका छन । तर पुराना र ठूला पार्टीहरुवाट सम्भव नदेखे पछि शान्तिपूर्ण बिद्रोह गरिरहेका छन । जनतामा असन्तुष्टि चुलिदै गयो भने मतदानवाट यस्तै परिणाम दिन्छन । ठूला दलहरुले आगामी दिनमा आफना कार्यकर्ताहरुको भोट समेत जोगाउन नसक्ने अबस्था बन्न सक्ने छ ।

जनताले आश गरेका दलहरुवाट पनि मुलुकको प्रगति हुन सकेन । मुलुकको प्रगति नभए पछि जनताले बिकल्प रोज्छन । आज भएको त्यही हो । देशमा बिकृति , बिसंगति, भष्टाचार मौलाउँदै गएको जनताले नजिक बाट हेरिरहेका छन । ठूला दलहरुले यी कुरामा ध्यान नदिए पछि जनता असन्तुष्टि हुनु स्वभाविक हो । अझै केही बिग्रेको छैन, काँग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, मधेस केन्द्रित दल लगायत सबै अब सुध्रनु पर्छ । जनताको पक्षमा काम गरेर देखाउनु पर्छ । देशमा बिकास र समृद्धि ल्याउने कुरामा दलहरु गम्भिर बनेर अघि बढनु पर्छ ।

ठूला दलहरुले बिगतमा गरेका गल्तिबाट पाठ सिकेर अघि बढने कोसिस् गर्नु पर्छ । आफना आसेपासे र नाता गोतालाई मात्र पोस्ने काम दलहरुले जुन गल्ति गदै आएका छन यसमा गम्भिरता देखाउनु पर्ने देखिएको छ । समय छदै सच्चिने काम भयो भने पार्टी जोगाउन त्यति समस्या नहुन सक्छ । लोकतन्त्रवादी शक्तिहरुका बीच सहकार्य गरेर जानु पर्ने अबस्था पनि आउन सक्छ । समय, परिस्थिती अनुसार दलहरु चल्न सकेनन् भने कुनै काम छैन ।

ती दलहरु खिइदै जाने हुन । अब जनताले आश्वासन अनुसारको परिणाम खोजिरहेका छन । त्यो पार्टीहरुले पुरा गर्न सकेनन् भने आफै सकिदै जाने हो । अरु कुनै बिकल्प छैन ।

भर्खरै प्रकाशित

your adv here