32.4 C
Kathmandu
Tuesday, April 21, 2026
Homeमनोरन्जननृत्य निर्देशक संघ र प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा ४१औं अन्तराष्ट्रिय नृत्य दिवस...

नृत्य निर्देशक संघ र प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा ४१औं अन्तराष्ट्रिय नृत्य दिवस सम्पन्न

Date:

सम्बन्धित खबर

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नृत्य निर्देशक संघ नेपालको संयुक्त आयोजनामा ४१औं अन्तराष्ट्रिय नृत्य दिवस सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम र झाकीहरू प्रस्तुत गरिएको थियो । नेपालमा प्रचलित विभिन्न जातजातिका लोक नृत्य प्रस्तुत गरिएको थियो ।

स्वागत नृत्यस्वरुप नृत्य निर्देशक संघ, ललितपुरका ललित बज्राचार्यले पञ्चकपाल नृत्य प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा राप्ती तथा भेरी क्षेत्रमा प्रचलित टप्पा नृत्य, पूर्वी नेपालमा प्रचलित साकेला तथा च्याब्रुङ, उपत्यकाको भैरवकाली नृत्य र नेवारी नृत्य, गुरुङ मगर समुदायमा प्रचलित कौडा नृत्य, तामाङ समुदायको तामाङसेलो नृत्य प्रस्तुत गरिएको थियो । त्यसैगरी ‘द लर्ड अफ क्रु’ तथा ‘हृवाइल्ड रिपर्ज’ समूले आधुनिक शैलीको नृत्य प्रस्तुत गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राज्यमन्त्री ठकुरीले गीत संगीत तथा नृत्य मानिसको भावना बोल्ने र समस्याको उजागर गर्ने माध्यम भएको बताउनुहुँदै राष्ट्रिय नृत्य दिवसको थालनी गर्न आफूले पहल गर्ने बताउनुभयो । उहाँले कला क्षेत्रमा दशकौं योगदान दिने कलाकर्मीहरूको भविष्यको सुनिश्चिता हुनुपर्नेमा जोड दिनुभायो ।

कुलपति तथा कार्यक्रमको सभाध्यक्ष निशा शर्माले कार्यक्रमलाई सम्बोधन गर्दै आइटी आइद्वारा अन्तर्राष्ट्रिय नृत्य दिवसको थालनीेको उद्देश्यबारे प्रकाश पार्नु हुँदै आगामी दिनमा पनि यस्तै खालको सहकार्य गर्न प्रज्ञा प्रतिष्ठान प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नृत्य निर्देशक संघका सचिव ऋषिकेश श्रेष्ठले अन्तर्राष्ट्रिय नृत्य दिवस मनाइरहँदा नेपालको राष्ट्रिय नृत्य दिवस नभएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले सरकारी स्तरबाट नृत्य दिवस नमनाए पनि नृत्य निर्देशक संघको पहलमा वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाको जन्मदिन पारेर राष्ट्रिय नृत्य दिवस गत वर्षबाट मनाउन थालेको जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नृत्य निर्देशक नृपध्वज खत्रीले कलाकर्मीहरूको योगदानले देशमा आमूल परिवर्तन सम्भव भएको बताउनुहँदै कला र संस्कृतिको क्षेत्रमा क्रियाशील नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई सबलीकरण गर्न उचित बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै नृत्य निर्देशक संघका सल्लाहाकार जोगेन्द्र केसीले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले कला क्षेत्रको विकासका लागि ठोस योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, सदस्य सचिव कुश्मा महरा, प्रज्ञा परिषद् सदस्यहरू तथा सभा सदस्यहरू, वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा, नारायणदेवी प्रधान, राधेश्याम प्रधान, याम गुरुङ, जोगेन्द्र केसी, उदिराम खड्कालगायत नृत्य निर्देशक संघका अध्यक्ष भुवनदास श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष प्रदीपमान श्रेष्ठ, उपाध्याक्ष शम्भु शाही, महासचिव निरिप केसी, सचिव-ऋषिकेश श्रेष्ठ, साहसचिव रवि राणा, कोषाध्यक्ष- शारदा शर्मा, साहकोषाध्यक्ष-केशव कोइराला, सदास्य कृष्ण रसाल, देवेन्द्र कुँवरलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण प्रज्ञा प्रतिष्ठान नृत्य विभाग प्रमुख प्राज्ञ बखतबहादुर हमालले गर्नुभएको थियो ।

भर्खरै प्रकाशित

your adv here