31.5 C
Kathmandu
Monday, April 20, 2026
HomeUncategorizedमिलाप तीज उत्सव सम्पन्न, ज्ञानु राणालाई दीर्घ साधना सम्मान

मिलाप तीज उत्सव सम्पन्न, ज्ञानु राणालाई दीर्घ साधना सम्मान

Date:

सम्बन्धित खबर

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

काठमाडौं । मिलाप दोस्रो तीज उत्सव सम्पन्न भएको छ । ‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा सम्वद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ काठमाडौंमा मिलाप तीज उत्सव सम्पन्न भएको हो । समारोहमा विशिष्ट गायिका ज्ञानु राणालाई दीर्घ साधना सम्मान अर्पण गरिएको थियो । प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाले राणालाई नगदसहित दीर्घ साधना सम्मानद्वारा सम्मानित गरेकी थिईन।

मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउन्डेसनकी अध्यक्ष गीता अधिकारीको सभापतित्वमा सम्पन्न भएको समारोहमा कला, साहित्य र गीत-संगीत क्षेत्रका प्रवुद्ध महिलाहरूको आथित्यता रहेको थियो । समारोहमा अभिनेत्री शर्मिला मल्ल, अभिनेत्री दीपाश्री निरौला, गायिका मञ्जु थापा गुरुङ, अभिनेत्री रेजिना उप्रेती, कलाकार गोमा केसी, शिला गजुरेल, गायिका माण्डवी त्रिपाठी, सारिका घिमिरे, मञ्जु लावती, शुष्मा रुपाखेती, निशा रावललाई मिलाप सम्मान प्रदान गरिएको थियो ।

Capture.JPG

यस्तै, समारोहमा फेसन डिजाइनर अनु श्रेष्ठ, व्यवसायी एवं समाजसेवी कल्पना थापा, प्रमिला कार्की, धन राज्यलक्ष्मी शाक्य, पूजा शाह, सावित्रा अधिकारी, ब्युटिसियन अनिता देउला, मोडल एवं समाजसेवी सलिना गुरुङलाई समाजमा उहाँहरूले पु¥याएको विशिष्ट योगदानको उच्च कदर गर्दै ‘मिलाप तीज सम्मान’ प्रदान गरिएको थियो ।

Capture.JPG

नबिल बैङ्क, हिमालयन बैङ्क, माछापुच्छ्रे बैङ्क, ग्लोबल आइएमई बैङ्क, रिलायबल लाइफ इन्सुरेन्स र सिग्नेचर सहयोग र साझा कुरियर एन्ड कार्गो, म्युजिक एन्ड भ्वाइस रेकर्डिङ स्टुडियो र जिनियस खबर साथ रहेको कार्यक्रममा गायिका मञ्जु थापा, माण्डवी त्रिपाठी र सारिका घिमिरेले गीत प्रस्तुत गर्दा उपसभामुख रानाले पनि गीत गाएकी थिइन् । 

भर्खरै प्रकाशित

your adv here