21.1 C
Kathmandu
Sunday, May 31, 2026
Homeअन्यसत्यको जितको प्रतिक बडा दसैँं:सुष्मा महरा

सत्यको जितको प्रतिक बडा दसैँं:सुष्मा महरा

Date:

सम्बन्धित खबर

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...
spot_img

काठमाडौं । नेपालको  नम्बर वान ब्युटी सलुन फेसियल हाउसकी सञ्चालिका तथा प्रबन्धक समेत रहेकी महरा देशको धर्मसंकृति बचाउन हरेक पर्वलाई विषेश रूपमा आफूले फोटोमार्फत भए पनि मौलिकता कायम गर्न कोशिस गरेको बताउँछिन् । साथै, यो सांस्कृति तथा रमाइलो फोटोशुटमा नेपाल स्वतन्त्र कानुन व्यवसायी संघकी अध्यक्ष समेत रहेकी अधिवक्ता आकृति रायमाझी पनि जोडिएकी छिन् ।

सधैं अदालती कामको रापतापबीच रहिरहने रायमाझीले सांस्कृतिक फोटो शुटमार्फत आफ्नो सुन्दरता फोटोमा उतार्न पाएकोमा खुसी व्यक्त गरिन् । ‘दसैँं आम नेपालीहरूको महान पर्व हो, त्यसमा हामी महिलाहरूका लागि थप विशेष हुने गरेको छ । किनभने दुर्गा भवानी पनि महिलानै हुनुहुन्छ, संसार बचाउन दुर्गा भवानीले महिषासुर (राँगाको आकारको एक दानव) को बध गरेको खुसीमा मनाइने पर्व दसैँं हो । सत्यको जितको प्रतिक हो,’ उनले भनिन् ।

यस्तै, चार्डपर्वको बेला महिलाहरूले प्राय: प्राकृतिक तथा ग्लोइङ फ्रेस मेकअप गर्नुपर्ने सुष्मा महरा बताउँछिन् । अहिलेको सिजनमा यही मेकअप लोकप्रिय समेत भइरहेको उनको भनाइ छ । यस्तो मेकअपले हरेक प्रकारका छालालाई आकर्षक देखाउन सहयोग पुर् ‍याउने उनले बताइन् । ‘हामीले कैद गरेका तस्वीरहरूले कस्तो मेकअप गर्ने भन्ने जानकारी पनि दिने गर्दछ,’ महरा भन्छिन्, ‘हरेक महिलाभित्र साक्षात दुर्गा माताको रूप हुन्छ । त्यही रूपको निखारता हरेक महिलाले ल्याउन सक्नुपर्छ । यसकारण महिलाहरूसँग सौन्दर्य जोडिएको हुन्छ ।

साथसाथै परिवार पनि । त्यसैले यो फोटोशुटमा चङ्गा समेत उडाइएको छ ।’ सौन्दर्य व्यवसायको क्षेत्रमा फेसियल हाउस विगत १५ वर्षदेखि निरन्तररूपमा अग्रणी रहँदै आफ्नो उत्कृष्ट सेवा तथा सुविधा दिँदै आएको छ । काठमाडौं मलको चौथौ तलामा मुख्य कार्यालय रहेको यो ब्युटी पार्लरले चाबहिलस्थित गणेशस्थान र केएल टावर तथा सुन्धारास्थित सीटीसी मलमा आफ्नो आउटलेट सञ्चालन गरिरहेको छ । यस्तै, काठमाडौंबाहिर पर्यटकीय नगरी कास्कीको पोखरा, सुर्खेत र धनगडीमा समेत आफ्नो आउटलेट रहेको फेसियल हाउसकी प्रबन्धक महराले जानकारी दिइन् ।

भर्खरै प्रकाशित

your adv here