20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeचलचित्रकलिउडअभिनेत्री स्वस्तिमा खड्का अस्ट्रेलियाको सिड्नीमा

अभिनेत्री स्वस्तिमा खड्का अस्ट्रेलियाको सिड्नीमा

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

अभिनेत्री स्वस्तिमा खड्काका लागि यो वर्ष राम्रो फापेको छ । गत वैशाख यता उनका ‘ऐँचो पैँचो’, ‘पशुपति प्रसाद २ स् भस्मे डन’ र ’दिमाग खराब’ गरेर तीन फिल्म प्रदर्शनमा आए । तीनमध्ये दुई हिट साबित भएको छ । त्यसैले पनि उनी दङ्ग छिन् । उनलाई अफर हुने फिल्मको सङ्ख्या पनि बढेको छ ।

उनी भने यतिबेला अस्ट्रेलियाको सिड्नी पुगेकी छन् । फिल्म ‘दिमाग खराब’ लिएर उनी त्यहाँ पुगेकी हुन् । अस्ट्रेलियाको विभिन्न सहरमा फिल्मको शो भइरहेको छ । त्यसमा उनी सहभागी हुने, दर्शक प्रतिक्रिया बुझ्ने गरिरहेकी छन् । उनको साथमा फिल्मका निर्देशक तथा पति निश्चल बस्नेत समेत छन् ।

अस्ट्रेलियामा आफूले इन्जोय गरिरहेको उनले सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी छन् । हालै उनले सिड्नीबाट पिंक रङ्गको पहिरन लगाएर खिचाएको तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरमा उनी निकै खुसी र खुलेकी देख्न सकिन्छ ।

‘दिमाग खराब’ मा स्वस्तिमाको अलवा खगेन्द्र लामिछाने, दयाहाङ राई, विजय बरालको अभिनय छ ।

भर्खरै प्रकाशित

your adv here