17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeअन्तरराष्ट्रियआफ्नै कारमा मृत भेटिए ‘प्यारासाइट’ अभिनेता लि सुन–क्युन

आफ्नै कारमा मृत भेटिए ‘प्यारासाइट’ अभिनेता लि सुन–क्युन

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

अस्कर विजेता फिल्म ‘प्यारासाइट’का अभिनेता लि सुन–क्युन मृत भेटिएका छन्।

४८ वर्षीय अभिनेता लिको बुधबार निधन भएको हो। उनी आफ्नै कारमा मृत भेटिएका थिए।

सियोलको एक पार्क क्षेत्रमा कारभित्र उनी अचेत अवस्थामा भेटिएको सञ्चार माध्यमहरूले बताएका छन्। केही समयदेखि उनीविरूद्ध ड्रग्स केसमा छानबिन भइरहेको थियो। उनले घरमा एउटा नोट लेखेर हिँडेको प्रहरीले बताएको छ।

लिको मृत्यु हो कि आत्महत्या भन्ने पुष्टि भने भएको छैन। यस विषयमा प्रहरी छानबिन गरिरहेको छ।

दक्षिण कोरियाली अभिनेता लिले सन् २००० मा फिल्म ‘साइको ड्रामा’ बाट अभिनय सुरू गरेका थिए। उनले मेक इट बिग, सेन्ट अफ लभ, माई मदर, द मर्मिड’ जस्ता फिल्ममा अभिनय गरिसकेका छन्।

भर्खरै प्रकाशित

your adv here