20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeचलचित्र‘डिग्री माइला’ को पोस्टरमा यस्तो देखिए दयाहाङ

‘डिग्री माइला’ को पोस्टरमा यस्तो देखिए दयाहाङ

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।

सार्वजनिक पोस्टरमा फिल्मका शीर्ष पात्र ‘डिग्री माइला’बनेका दयाहाङ राईलाई प्रस्तुत गरिएको छ। पोस्टरमा उनलाई काठको बेन्चीमा गम्भिर मुद्रामा देख्न सकिन्छ। उनले चश्मासमेत लगाएका छन्। योसँगै उनलाई जुँगा पालेको पनि देख्न सकिन्छ।

बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा भन्छ। यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ। सोही नाटकलाई फिल्मका रूपमा पर्दामा प्रस्तुत गर्न लागेको हो।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सले फिल्म निर्माणका लागि सुस्मा फिल्म्ससँग सहकार्य गरेको छ। फिल्ममा दयासँगै आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहनेछ।

फिल्मले ‘किन चाउरिस मरिच आफ्नै रागले’भन्ने चर्चित नेपाली उखानलाई ट्यागलाइन बनाएको छ। यो फिल्म आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ।

भर्खरै प्रकाशित

your adv here