13.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeसमाचारसबैलाई कोरियन भाषा परीक्षामा सामेल गराउन अदालतको आदेश : घटना बालकुमारी २...

सबैलाई कोरियन भाषा परीक्षामा सामेल गराउन अदालतको आदेश : घटना बालकुमारी २ जनाको मृत्यु

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

उच्च अदालत पाटनले कोरिया जानको लागि सीप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षा अन्तर्गत म्यानुफेक्चरतर्फ सामेल गराउन आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन शुक्रबार आदेश जारी गरेको हो । गणेश राई लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले यस्तो आदेश जारी गरेको हो । यअघिको आदेशमा रिट दायर गर्ने १८ जनालाई आवेदन भर्न दिनु भनेर अदालतले आदेश दिएको थियो । त्यसपश्चात ईपीएस कोरिया शाखाले १८ जनाको लागि मात्र आवेदन खुलाएको थियो । उक्त १८ जनामा नपर्नेहरुले शुक्रबार शाखा परिसर ग्वार्कोमा प्रदर्शन गरेका थिए । सो क्रममा प्रदर्शनकारीहरुले भौतिक पूर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगो समेत लगाईदिएका थिए । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले गोलि चलाएको थियो। जस क्रममा २ जना प्रदर्शनकारीको मृत्यु भएको छ।

यो घटना लगत्तै उच्च अदालत पाटनले सबैजनालाई परीक्षामा सहभागी गराउनु भन्दै आदेश दिएको हो ।

आदेशमा भनिएको छ,‘‘निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई उल्लेखित मिति २०८०।८।१९ को सूचना बमोजिम मिति २०८०।९।२ बाट खुल्ला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२९१० बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ । प्रस्तुत आदेशको जनाउ विपक्षीहरूलाई दिई नियमानुसार गर्नू ।’

भर्खरै प्रकाशित

your adv here