13.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeसमाचार६ महिनामा ३ हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ

६ महिनामा ३ हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

बितेका ६ महिनामा ३ हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका प्रहरीको तथ्याङ्क छ ।

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र लागुऔषधसम्बन्धी अपराधमा संलग्न ३ हजार ४५ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा २ हजार ७ सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला रहेका छन् । यीमध्ये एक हजार ९ सय ६० मुद्दा दर्ता भएका छन् ।

पक्राउ परेकाहरू गाँजा, चरेस, अफिम, कोकिनलगायत सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका हुन् । उनीहरूबाट आठ हजार तीन सय २० किलो गाँजा, तीन सय आठ किलो चरेस, १० किलो हेरोइन, २७ किलो अफिम र तीन किलो कोकिन बरामद गरी नष्ट गरिएको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ ।

भर्खरै प्रकाशित

your adv here