17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनएघारौं संस्करणको ‘लिटिल आईकन नेपाल, २०२२’ को अन्तिम स्पर्धा सम्पन्न

एघारौं संस्करणको ‘लिटिल आईकन नेपाल, २०२२’ को अन्तिम स्पर्धा सम्पन्न

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

एघारौं संस्करणको ‘लिटिल आईकन नेपाल, २०२२’ को अन्तिम स्पर्धा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘सिनियर गर्ल्स’, ‘व्वाइज ग्रुप’, ‘टीन गर्ल्स’ र ‘जुनियर गर्ल्स’ गरी चार समूहका मुख्य बिजेता घोषित भए । ‘सिनियर गर्ल्स’तर्फ युनिशा गुरुङ्ग विजयी भएकी छिन ।

गुरुङ्गले विधागत तर्फको बेस्ट र्याम्प वाक को अवार्ड समेत हात पारिन। ग्रेसी प्रधान फर्स्ट रनर अप र , जोया महर्जन सेकेन्ड रनर अप र पब्लिक चोईस, बिपाशा केसी थर्ड रनर अप घोषित हुँदा मस्ट पपुलर तर्फको अवार्ड कुसुम भट्टले जित्न सफल भईन। प्रतियोगिताको ‘व्वाइज ग्रुप’तर्फ फिलिप यादवले शिर्ष उपाधी जितेका छन । त्यसैगरी ओम महर्जन फष्ट रनर अप, क्षितिज तामाङ्ग सेकेण्ड रनरअप, सुयोग मानन्धर थर्ड रनर अप घोषित भए भने अभय नेपाली पब्लिक चोईस अवार्ड र सोप्निल श्रेष्ठ मस्ट पपुलर बन्न सफल भए। यस्तै ‘टीन गर्ल्स’तर्फ मबिना थापाले शिर्ष उपाधि जितेकी छिन।

ससारिका चौधरी फर्स्ट रनर अप, अनुष्का केसी सेकेण्ड रनर अप साथै केसीले ग्लोबल अनलाईन पे मार्फत संचालित डिजिटल भोटिङ्ग मार्फत सर्वाधिक भोट प्राप्त गरि पब्लिक चोईस अवार्ड समेत हात पारिन भने मलिका नेपाली मस्ट पपुलर घोषित भईन। प्रतियोगितामा ‘जुनियर गर्ल्स’ तर्फ भने सरस्वती बुढा मगर विजयी भईन। तेन्दोक शेर्पा फर्स्ट रनर अप, सिलिभा सुबेदी सेकेन्ड रनर अप, स्याब्रिना गुरुङ्ग थर्ड रनर अप, डेनिया आलम फोर्थ रनर अप, प्रतिमा थापा मगर मस्ट पपुलर घोषित हुँदा नमिका महर्जनले पब्लिक चोईस अवार्ड हात पार्न सफल रहिन।

सुमी बानियाँको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा बालबालिकाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतियोगीको प्रतिभा प्रस्फुटन, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले लगातार एएनपी मिडिया हाउसले विगत एघार वर्षदेखि ‘लिटिल आईकन नेपाल’ प्रतियोगिता संचालन गर्दै आएको आयोजक संस्थाका अध्यक्ष लव बहादुर कार्कीले जनाए ।

भर्खरै प्रकाशित

your adv here