17.1 C
Kathmandu
Sunday, March 16, 2025
Homeमनोरन्जनएघारौं संस्करणको ‘लिटिल आईकन नेपाल, २०२२’ को अन्तिम स्पर्धा सम्पन्न

एघारौं संस्करणको ‘लिटिल आईकन नेपाल, २०२२’ को अन्तिम स्पर्धा सम्पन्न

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

एघारौं संस्करणको ‘लिटिल आईकन नेपाल, २०२२’ को अन्तिम स्पर्धा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘सिनियर गर्ल्स’, ‘व्वाइज ग्रुप’, ‘टीन गर्ल्स’ र ‘जुनियर गर्ल्स’ गरी चार समूहका मुख्य बिजेता घोषित भए । ‘सिनियर गर्ल्स’तर्फ युनिशा गुरुङ्ग विजयी भएकी छिन ।

गुरुङ्गले विधागत तर्फको बेस्ट र्याम्प वाक को अवार्ड समेत हात पारिन। ग्रेसी प्रधान फर्स्ट रनर अप र , जोया महर्जन सेकेन्ड रनर अप र पब्लिक चोईस, बिपाशा केसी थर्ड रनर अप घोषित हुँदा मस्ट पपुलर तर्फको अवार्ड कुसुम भट्टले जित्न सफल भईन। प्रतियोगिताको ‘व्वाइज ग्रुप’तर्फ फिलिप यादवले शिर्ष उपाधी जितेका छन । त्यसैगरी ओम महर्जन फष्ट रनर अप, क्षितिज तामाङ्ग सेकेण्ड रनरअप, सुयोग मानन्धर थर्ड रनर अप घोषित भए भने अभय नेपाली पब्लिक चोईस अवार्ड र सोप्निल श्रेष्ठ मस्ट पपुलर बन्न सफल भए। यस्तै ‘टीन गर्ल्स’तर्फ मबिना थापाले शिर्ष उपाधि जितेकी छिन।

ससारिका चौधरी फर्स्ट रनर अप, अनुष्का केसी सेकेण्ड रनर अप साथै केसीले ग्लोबल अनलाईन पे मार्फत संचालित डिजिटल भोटिङ्ग मार्फत सर्वाधिक भोट प्राप्त गरि पब्लिक चोईस अवार्ड समेत हात पारिन भने मलिका नेपाली मस्ट पपुलर घोषित भईन। प्रतियोगितामा ‘जुनियर गर्ल्स’ तर्फ भने सरस्वती बुढा मगर विजयी भईन। तेन्दोक शेर्पा फर्स्ट रनर अप, सिलिभा सुबेदी सेकेन्ड रनर अप, स्याब्रिना गुरुङ्ग थर्ड रनर अप, डेनिया आलम फोर्थ रनर अप, प्रतिमा थापा मगर मस्ट पपुलर घोषित हुँदा नमिका महर्जनले पब्लिक चोईस अवार्ड हात पार्न सफल रहिन।

सुमी बानियाँको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा बालबालिकाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतियोगीको प्रतिभा प्रस्फुटन, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले लगातार एएनपी मिडिया हाउसले विगत एघार वर्षदेखि ‘लिटिल आईकन नेपाल’ प्रतियोगिता संचालन गर्दै आएको आयोजक संस्थाका अध्यक्ष लव बहादुर कार्कीले जनाए ।

भर्खरै प्रकाशित

your adv here