17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनविश्वकीर्तिमानी गीतकार डा. डिआर उपाध्यायको ‘श्लेषा’ एल्वम इन्द्रसरोबरमा विमोचन

विश्वकीर्तिमानी गीतकार डा. डिआर उपाध्यायको ‘श्लेषा’ एल्वम इन्द्रसरोबरमा विमोचन

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

 शनिबार विहान कुलेखानी स्थित मनोरम ताल इन्द्रसरोबरमा सधैको भन्दा फरक दृश्य देखियो । पाँच वटा डुङ्गामा पच्चिस तीस जना मानिसहरू व्यानर लगाएर कार्यक्रम गरिरहेका थिए । यसभन्दा पहिला यो ठाउँमा यस्तो दृश्य नदेखिएकोले यसलाई कौतुहल्तापूर्ण रुपमा हेरिएको थियो । सन्दर्भ थियो विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको एल्वम ‘श्लेषा’ विमोचन ।

गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणी देवकोटाको प्रमुख आतिथ्यतामा मनोरम इन्द्रसरोवरको कञ्चन जलमाथि डा. उपाध्यायको एल्वम विमोचन गरिएको छ । एकै सांगीतिक स्केल एफ मेजरमा रहेका गीतहरूको संग्रह ‘श्लेषा’लाई कीर्तिमानी संगीतकार तथा उपन्यसकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, निर्देशक माइकल चन्द, पत्रकार तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, सुनिता खनाल, डा. सुभेच्छा थापा, सुरेन्द्र थापा, यमबहादुर, उद्धव खड्का, मिलन भण्डारी, दिनेश शर्मा, अमर थापालगायतले विमोचन गर्नुभएको थियो ।

कार्यक्रममा गीतकार डा. उपाध्यायले आफूले आफ्ना सिर्जना हरेक समय फरक तरिकाले प्रस्तुत गर्ने र त्यसलाई सार्वजनिक पनि फरक तरिकाले गर्दै आएकोमा यो एल्वम पनि पानी माथि बसेर विमोचन गरिएको बताउनुभयो । यस्तै प्रमुख अतिथि र अन्य अतिथिहरूले डा. उपाध्यायलाई बधाइ तथा शुभकामना दिँदै आ-आफ्ना भनाइ राख्नुभएको थियो । यसरी पानी माथि एल्वम विमोचन भएको यो सम्भवत पहिलो भएको बताइएको छ ।

एल्वममा राखिदिए जिन्दगीको, मेरो चुल्बुले चुल्बुले, सन्तानको शीर, आऊ न आऊ, चौबन्दी चोलीमा, सुहाग रातमा, जूनेली उज्यालोमा, सृष्टिको कुनै, सपनीमा आउँछ्यौ, सिम्पल तरिका, विश्वभरी अमर, रुख रोपौं, मन मस्त मस्त, धन्यवाद धन्यवाद, नलाऊ नजर, जब नजरको, दशैँ तिहार, भि मनमा, झिमझिम परेली, आँखा मान्दैन, यही बाचा, चाहन्छु म तिम्रै, चौतारीमा कति मिठो, आँखामा संगालेर, जवानीमा पहिलो पाइला र गाँसेर प्रिती जस्ता २६ वटा गीत संग्रहित छन् ।

यस्तै एल्वममा रहेका गीतमा सागर अधिकारी, अस्मिता अधिकारी, प्राश्ना पाण्डे, मनोज राज मेलिना राई, शुरेश लामा, रामचन्द्र काफ्ले, मलिन नेवार, आनन्द कार्की, निशा देशार, शशी रावल, दिपक लिम्बु, डा. डीआर उपाध्याय, अनु चौधरी, सन्तोष श्रेष्ठ, विष्णु भट्ट, विजय परियार, शृंखला जोशी, योगेश काजी, यम बराल, सुरुची पन्थी, कृष्णभक्त राई, कविता शिवाकोटी, सपना अधिकारी, प्रविन बेड्वाल, ज्ञानु राणा जस्ता गायक गायिकाले स्वर दिनुभएको छ ।

गीत संगीत तथा विविध विधामा ११० विश्व कीर्तिमान गर्नुभएका डा. उपाध्यायका १४ उपन्यास पाठकमाझ आएका छन् भने सयौं फरक फरक शैलीका गीत श्रोता÷दर्शकमाझ आएका छन् । उहाँको पछिल्लो उपन्यास कृति ‘कशुर’ केही समयअघि लोकार्पण गरिएको थियो ।

भर्खरै प्रकाशित

your adv here