24.1 C
Kathmandu
Saturday, September 5, 2026
Homeमनोरन्जनबुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...
spot_img

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ । महामेलाको बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिए ।

नृत्य निर्देशक संघ नेपाल, रूपन्देही जिल्ला समितिको आयोजनामा तथा बुटवल उपमहानगरपालिकाको सहकार्यमा शुक्रबार बुटवलको देवसिद्धचोकस्थित थ्री पोइन्ट गार्डेन प्रालिमा कार्यक्रम  भएको हो ।

आयोजक संस्थाका अध्यक्ष सुन्दर गुरुङले लुम्बिनी प्रदेशका ६ जिल्लासहित प्रदेश बाहिरका ४ जिल्लाका सांस्कृतिक तथा लोकनृत्य समूहहरूको सहभागिता रहेको बताए । उनका अनुसार देशका विभिन्न क्षेत्रका लोकनृत्यहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्दै सांस्कृतिक आदान–प्रदान, आपसी सद्भाव र राष्ट्रिय एकतालाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

महामेलामा पूर्वी नेपालको साकेला नृत्य, राजधानी क्षेत्रको नेवारी नृत्य, पौराणिक ताण्डव नृत्य, मध्य पहाडी क्षेत्रका कौडा र घाँटु नृत्य, तराईको थारू नृत्य तथा पश्चिम नेपालको हुड्के लोक नृत्यलगायत विविध सांस्कृतिक प्रस्तुति समावेश गरिएको नृत्य निर्देशक संघ नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष लोकेन्द्र शाहले जानकारी दिए ।

यसका अतिरिक्त बुटवल क्षेत्रका विभिन्न जातीय समुदायका लोकनृत्य तथा केही विद्यालयका सांस्कृतिक समूहहरूको पनि सहभागिता थियाे ।  कार्यक्रममा बिभिन्न क्षेत्रबाट योगदान दिनेहरुलाई समेत सम्मान गरिएको थियो।

भर्खरै प्रकाशित

your adv here