21.1 C
Kathmandu
Saturday, September 5, 2026
Homeमनोरन्जनपोर्चुगलमा तीज गीत प्रतियोगिता एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न

पोर्चुगलमा तीज गीत प्रतियोगिता एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

स्वदेशसँगै प्रवासमा पनि हिन्दू महिलाको प्रमुख चाड तीजको रौनक सुरु भएको छ । रोजगारी, अध्ययन, व्यवसाय तथा अन्य विभिन्न कामका लागि प्रवासमा बस्दै आएका महिला दिदी बहिनीहरूसँग संस्थाहरूले तीज मनाउने गरेका छन् । तीज नजिकिएसँगै युरोपियन मुलुक पोर्चुगलमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

‘परम्परा बचाउ, बिकृती हटाउ’ भन्ने मूल नारासहित चितवन समाज पोर्चुगलमा गायक भगवान भण्डारी, गायिका देबिका के.सी, जेबी ओलीको साथमा तीज गीत प्रतियोगिता एवम् साँस्कृतिक कार्यकम ओक मुन्दो रेष्टुरेन्ट लिस्वोनमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि महा बाणिज्य दुत मकर हमालले पानसमा बत्ती बालेर सुरु भएको कार्यक्रमा पोर्चुगलमा भएका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । प्रतियोगितामा स्याङ्जा समाज पोर्तुगल पहिलो, बागलुङ समाज पोर्चुगल दोस्रो र एनआएलपी सिलाई समूहले तेस्रो भएका थिए ।

कोरोना कहरले गर्दा दुई वर्षसम्म खुला रूपमा हुन नसकेको तीज साँस्कृतिक कार्यक्रम यो बर्ष भने भव्य तयारीका साथ सम्पन्न भएको समाजका अध्यक्ष रवी अर्यालले जानकारी दिनुभयो ।

पोर्तुगलमा मात्र नभइ युरोपमा पहिलो पटक तीज गीत प्रतियोगिता एवम् साँस्कृतिक कार्यकम गरेर तीज मनाउने शुरूवात चितवन समाज पोर्चुगलले गरेको कुरा उपध्यक्ष सम्झना अधिकारी बताउनुभयो । नेपालदेखि आउनुभएका आमा बुबाहरूलाई सम्मान कार्यक्रम गरिएको थियो । कार्यक्रमको सञ्चालन समाजका महासचिव तेजिन्द्र चालिसेले गर्नुभएको थियो ।

भर्खरै प्रकाशित

your adv here