24.1 C
Kathmandu
Saturday, September 5, 2026
Homeसमाचारकाठमाडौंको न्यूनतम तापक्रम घट्यो

काठमाडौंको न्यूनतम तापक्रम घट्यो

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोभन्दा आज घटेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडांैमा आज बिहान न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । हिजो न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस थियो ।

उपत्यका र आसपासका क्षेत्रमा अहिले कुहिरो र हुस्सु लागेको छ । त्यस्तै, तराई–मधेसका केही ठाउँमा बाक्लो हुस्सु र कुहिरो छ । घाम लाग्दै जाँदा मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद् शान्ति कँडेलले बताएका छन् । उनका अनुसार नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

देशका कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली छ । यी प्रदेशका हिमाली क्षेत्रमा भने हल्का हिमपात हुने मौसमविद् कँडेलले बताएका छन् । आज राति पूर्वी पहाडी जिल्लामा मौसम आंशिक बदली हुने अनुमान छ । देशका बाँकी ठाउँमा आजको मौसम सामान्यतया सफा नै रहने अनुमान छ ।

भर्खरै प्रकाशित

your adv here