19.5 C
Kathmandu
Wednesday, April 15, 2026
Homeआर्थिकउपभोक्ता सुरक्षाबारे अन्तरक्रिया कार्यक्रम

उपभोक्ता सुरक्षाबारे अन्तरक्रिया कार्यक्रम

Date:

सम्बन्धित खबर

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र साल्ट ट्रेडिङ कर्पोरेशनको संयुक्त आयोजनामा आयोजित उपभोक्ता सुरक्षाबारे पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम सोमबार काठमाडौँ बानेश्वर अनस्थित एभरेष्ट होटलमा सम्पन्न भएको हो।

यस कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले रैथाने बालीबाट उत्पादित बस्तुहरुको बजारीकरण गर्न साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी)ले महत्वपूर्ण योगदान दिएको बताएका छन्। अत्यावश्यक बस्तुको व्यापार र आपुर्तिमा एसटिसीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उनले बताए।

यसैगरि दशैं तिहार जस्ता चाडपर्वमा कम्पनीले सुपथ मूल्य पसल सञ्चालन आपुर्ति श्रृंखलालाई थप व्यवस्थीत गराएको कारण मंहगी नियन्त्रणमा सहयोग पुगेको पनि उनले बताए। गत दशैंमा एसटीसीले चिनीको आपुर्ति राम्रो गराएर सम्भावित अभाव हुन नदिएको उनको भनाइ छ।‘आपूर्ति श्रृंखला व्यवस्थीत गर्न यो सँस्थासँग नजिक भएर काम गर्ने कुरामा कसरी सहजीकरण गर्न सकिन्छ भनेर यो छलफल गरिहेका छौँ। सरकारको नीतिलाई कार्यान्वयन गर्ने महत्वपूर्ण व्यवसायिक संस्थाको रुपमा यसले काम गरिरहेको छ,’ उनले भने, ‘आपुर्ति श्रृंखलामा देखिएको विविध समस्या समाधान गर्न सहयोग गर्नेछौँ।’

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनका सीईओ उर्मिला श्रेष्ठले अन्तरक्रिया कार्यक्रममा उपस्थित सम्पूर्ण प्रतिनिधिहरुलाई धन्यावाद ज्ञापन गर्दे यस उद्योगले नेपालको औधोकिकरणको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको जानकारी दिइन्। उनले साल्ट ट्रेडिङ कर्पोरेशनले स्थापनाको समयमा देखिएका समस्या र वस्तुको गुणस्तरलाई सुधार गर्न विशेष जोड दिदैँ आएको बताइन्।

सीईओ श्रेष्ठले साल्ट ट्रेडिङले उपभोक्ताको प्रतिक्रिया र छनोट अनुरुपको वस्तु उत्पादन गर्दे आएको बताउदैँ भनिन्, ‘साल्ट ट्रेडिङले उपभोक्ताको प्रतिक्रियालाई विशेष मध्यनजर गर्ने गरेको छ। यस संस्थाले विपद् समय तथा चाडपर्वहरुमा समेत नेपालका दुर्गम क्षेत्रका आममानिसहरुलाई वस्तु तथा सेवा उपलब्ध गराउदैँ आएको छ। र भविष्यमा पनि सदैब सहयोग गर्नेछ।’

उनले स्वयम् यस संस्था पनि उपभोक्ता भएको कारण अझै सजकता अपनाउने जानकारी दिइन्।

भर्खरै प्रकाशित

your adv here