24.1 C
Kathmandu
Saturday, September 5, 2026
Homeमनोरन्जनशुष्मा देवकोटाको सिर्जनामा'बिन्दुली टिका' सार्वजनिक (भिडियो)

शुष्मा देवकोटाको सिर्जनामा’बिन्दुली टिका’ सार्वजनिक (भिडियो)

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

काठमाडौ – गायिका सन्जना ओलीको तिज गीत ‘बिन्दुली टिका’ सार्वजनिक भएको छ । पत्रकार तथा गीतकार शुष्मा देवकोटाको शब्द तथा संगीतकार निरज शर्माको लय सृजना रहेको ‘बिन्दुली टिका’ गायिका ओलीको आवाज र अभिनयमा भिडियो सहित सार्वजनिक भएको हो । रोषन मिश्रको संगीत संयोजन रहेको गीतमा प्रयोग भएका शब्दहरु नेपाल तथा दार्जीलिङ सहितका नेपाली भाषी क्षेत्रमा बोलिने चलन चल्तीको नजिक छ्न ।

अविवाहित नारी ह्रदयको कल्पना, विश्वास र अठोटलाई सालिन शैलीमा प्रस्तुत गरिएको यस गीत नयाँ जीवनको कल्पना गर्दा आफ्नो कर्तव्य र जिम्मेवारीप्रति पनि उत्तिकै मिठासपूर्वक ग्रहण गर्न सक्नु पर्दछ भन्ने सन्देश केन्द्रित छ । नेपाली बाहुल्य क्षेत्र दार्जीलिङको कालेम्पुङ स्थित बिएमपी म्युजिक स्टुडियोमा रेकर्ड गरिएको यस गीत कालेम्पुङको मंगल धाममा छाँयाकन गरिएको हो ।

नेपाल दार्जीलिङ विचको समान आस्था, संस्कार र संस्कृतिमाथी सजिव चित्रण गरिएको यस गीतको भिडियोमा गायिका ओली सहित जिना ओली, श्रीजुका अधिकारी, शर्मीला अधिकारी, शान्ता खतिवडा, अन्वेशा सुनुवार, अनुस्का खतिवडा, मनिका खतिवडा, बैष्णवि अधिकारी, कमला खतिवडा, रेवता खतिवडा र केन्द्र प्रसाद खतिवडाको अभिनय रहेको छ । जसमा अधिकांश कलाकार दार्जिलिङका रखेका छ्न । श्रीजुका र शर्मिला अधिकारीको कोरियोग्राफी रहेको “बिन्दुली टिका”को भिडियोलाई दिपेन लम्सालले छायाँकन तथा सम्पादन गरेका हुन् ।

भर्खरै प्रकाशित

your adv here