12.1 C
Kathmandu
Sunday, December 14, 2025
Homeजीवनशैलीऐतिहासिक लाय्कू भैल (भैरव) नाच प्रारम्भ

ऐतिहासिक लाय्कू भैल (भैरव) नाच प्रारम्भ

Date:

सम्बन्धित खबर

नृत्य नेपाली पारा को दोस्रो संस्करणको तयारी तिब्र

नृत्य प्रतियोगिता ‘नृत्य नेपाली पारा’को दोस्रो संस्करण हुने भएको...

लोक आधुनिक स्वादमा सुमी पराजुलीको नयाँ प्रस्तुति ‘पिपल बोटैमा’(भिडियो)

गायिका सुमी पराजुलीको नयाँ म्युजिक भिडियो ‘पिपल बोटैमा’ शुक्रबार...

८औैं ग्लोबल नेपाली फिल्म अवार्ड- २०२५ को तयारी पूरा

अमेरिकाको कोलोराडो राज्यस्थित बोल्डर सहरमा आगामी नोभेम्बर २३, २०२५...

रक्षा पन्तलाई मिसेस नेपाल वर्ल्ड २०२५ को उपाधि

राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा भव्य रुपमा सम्पन्न अन्तिम...

छैटौं जिनियस म्युजिक अवार्ड एण्ड जिनियस अचिभमेन्ट अवार्ड सम्पन्न

छैटौं संस्रकणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ ।...
spot_img

(मध्यपुर थिमिको ऐतिहासिक लाय्कू भैल नाच शनिबार बालकुमारी मन्दिर परिसरमा प्रदर्शनी गर्दै । यो नाँच गाईजात्राको भोलिपल्टदेखि चार दिन रातभर प्रदर्शन गर्ने गरिन्छ । नाँचमा भैरव दुई, दायगी दुई र ज्यापुगचा एक गरि पाँच देवगण हुन्छ । नाँच लायकू, दथुटोल, मरूटोल, बालकुमारी परिक्रमा गरि पुनः लायकू, दुईपोखरी, दिगु भैरबसम्म परिक्रमा गरि पुन लायकू दरबारमा पुर्याइन्छ । तस्बिरहरु:रत्न श्रेष्ठ/ रासस)

भक्तपुर– ४५ वर्षसम्म बन्द भएर लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीयवासीको पहलमा मल्लकालीन तान्त्रिक लाय्कू भैलः अर्थात् भैरव नाच यो वर्ष शनिवार राति ८ बजेदेखि प्रारम्भ भएको छ ।

मध्यपुर थिमिको लाय्कू दरबारबाट निस्किएर बालकुमारी मन्दिर प्राङ्गणमा प्रदर्शन गरिएको भैरव नाच शनिवार राति ९ बजे उपराष्ट्रपति नन्दकिशोर पुनले अवलोकन गरेको मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिए ।

शनिवार राति नै विभिन्न टोलमा चार दिन चार रात अपराह्नदेखि रातिसम्म सञ्चालन हुने भैरव नाच सबैको सहयोग र एक महिनादेखिको अथक तयारी एवं प्रयासबाट सञ्चालन गरिएको लाय्कू भैलः सञ्चालन समितिले जनाएको छ ।

दुई वर्षसम्म स्थानिय युवाको सक्रियतामा पुनः सञ्चालनमा आएको तान्त्रिक एवं ऐतिहासिक भैरव नाच गत दुई वर्ष कोरोना भाइरस सङ्क्रमण महामारीका कारण सञ्चालन गर्न नसके पनि यस वर्ष भने भव्यरूपमा सञ्चालन प्रारम्भ भएको हो ।

भाद्र कृष्ण द्वितीया ९गुंलागा द्वितीया० देखि साउन ३१ गते मंगलबार पञ्चमीसम्म मनाइने नाच सञ्चालन एवं व्यवस्थापन समितिका संयोजक एवं गुरु अर्जुन श्रेष्ठले जानकारी दिए ।

भैरव दुई, दाःगि अर्थात् कुमारी दुई र ज्यापूँग एक गरी पाँच जना देवगण रहने लाय्कू भैलः नाच तान्त्रिक विधिअनुसार टोलटोलमा प्रस्तुत गरिने छ । नाचमा भैरवले खड्ग, कुमारीले डमरु र ज्यापूँगले ज्यापूँगअर्थात् कपालको बिंया, अक्षता, ताय् भएको भाडो, हातमा लिएर विभिन्न तालमा विभिन्न हाउभाउ प्रस्तुत गर्दै नाच्ने परम्परा रहेको छ ।

नाचका क्रममा भैरव र कुमारीले बेलाबेलामा क्रोधित भएर नाच्ने र ज्यापुंगले शान्त बनाउने गर्दछन् भने नाचका लागि १२ जनाले दागः, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चारजनाले मुहाली बजाई सुर ताल दिने संयोजक श्रेष्ठले जानकारी दिए ।

शास्त्रीय एवं तान्त्रिक विधिको प्रयोग गरी देवगणको शरीरमा शक्ति प्रवेश गराई नाच नचाउने परम्परा रहेको श्रेष्ठको भनाइ छ । उनीहरुलाई तीन सातादेखि प्रत्येक दिन साँझ नाच प्रदर्शनका लागि तान्त्रिक विधिको प्रयोग गरी प्रशिक्षण दिइएको थियो । नाच सञ्चालनका लागि आवश्यक रकम नगरपालिकादेखि विभिन्न दाता, सङ्घसंस्था र स्थानीय बासिन्दाले सहयोग गरेका छन् ।

धाः बाजाको विभिन्न ३० देखि ३२ तालमा नचाउने यस नाच विभिन्न टोल तथा देवालयमा दुईदेखि तीन तालसम्म मात्र नचाइने चलन छ भने नृत्यनाथ ९नसःद्य० को प्राङ्गणमा भने नचाउन अनिवार्य छ । मन्त्रोच्चारण गरी नाच निकालिसकेपछि नाच समापन नभएसम्म देवता बनेर नाच्ने व्यक्तिले कसैको जुठो खान नहुने, शुद्ध भएर बस्नुपर्ने प्रावधान रहेको छ ।

प्राचीनकालमा मध्यपुरथिमि क्षेत्रका बासिन्दालाई भूतप्रेत, पिसाचले दुःख दिएर हाहाकार मच्चाएका थिए । त्यसबाट मुक्ति पाउनका लागि लाय्कूका सञ्चालक सक्रिय भएर शास्त्रका विज्ञ, तान्त्रिक र विद्वान्सँग छलफल गरी स्थानीय मानिसमा तान्त्रिक विद्यामार्फतबाट मानिसको शरीरमा भैरव, कुमारीको शक्ति प्रवेश गराई क्रोधित मुद्रामा टोलटोलमा नचाएपछि भूतप्रेत टिक्न नसकेकाले त्यसपछि यो नाच चल्दै आएको किम्वदन्ती रहेको गुरु श्रेष्ठ एवं यहाँका अन्य बासिन्दाले जानकारी दिए ।

शनिवारदेखि नाच प्रदर्शन गर्न स्थानीयवासी एवं युवाको सक्रिय सहभागिता रहेको छ भने रातको प्रवाह नगरी हजारौँ स्थानीयवासीले नाचको अवलोकन गरेका छन् । नाच नाच्दा तान्त्रिक शक्ति प्रवाह भएर नाच नाच्ने परम्परा रहेको बताइएको छ । शनिवारदेखि मध्यपुरथिमिको दिगु टोलमा महाकाली नाच प्रारम्भ भएको छ । चार रातसम्म सञ्चालन हुने महाकाली नाच पनि तान्त्रिक विधि अनुसार नै प्रदर्शन गरिने परम्परा छ ।

यता मध्यपुरथिमिको बोडेमा शनिवार रातिदेखि नीलबाराही नाच प्रारम्भ भएको छ । यो नाच चार दिनसम्म लगातार बोडेको विभिन्न टोलमा प्रर्दशन हुने गरेको स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिए । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरातिदेखि अर्थात् भाद्र द्वितीयादेखि पञ्चमीसम्म बोडेमा चल्ने नीलबाराही शनिवार रातिदेखि प्रारम्भ भएको हो ।

भर्खरै प्रकाशित

your adv here