24.1 C
Kathmandu
Saturday, September 5, 2026
Homeचलचित्रकलिउडसट-फिल्म ‘जाली भान्जा’ को आइसल्यान्डमा प्रिमियरसँगै युट्युबमा रिलिज

सट-फिल्म ‘जाली भान्जा’ को आइसल्यान्डमा प्रिमियरसँगै युट्युबमा रिलिज

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

 

लिस्बन पोर्चुगल । प्रसुन फिल्म्सको प्रस्तुति रहेको छोटो फिल्म ‘जाली भान्जा’ युट्युबमा सार्वजनिक गरिएको छ । यहाँ आयोजित प्रिमियर समारोहमा फिल्म प्रदर्शन गरिएको थियो ।

सो अवसरमा आइसल्याण्डको राजधानी रेक्याभिकमा बसोबास गर्ने नेपाली समुदायको उपस्थिती थियो । स्क्रिनिङपछि निर्मातासँग दर्शकले अन्तक्रिया समेत गरे ।

प्रिमियरमा सहभागी दर्शकले कथा, प्रस्तुति र मनोरञ्जन पक्षको प्रशंसा गर्दै फिल्मको सकारात्मक चर्चा गरे । फिल्ममा चित्रण गरिएको मौलिक ग्रामीया परिवेशले आफूहरूलाई आफ्नै गाउँघर पुगेको अनुभूति भएको प्रतिक्रिया दर्शकले दिए ।

‘दर्शकको सकारात्मक प्रतिक्रियाले उत्साहित तुल्याएको छ’ निर्देशक प्रकाश तिवारी ‘पिके’ले भने ।

उनका अनुसार, यो फिल्म ग्रामीण परिवेशमा सोझोपन, सम्बन्ध र मान्छेको व्यवहारलाई हल्का व्यंग्यात्मक तथा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको लघु फिल्म हो ।

एक चलाख भान्जा र सोझो मामाको यात्रामार्फत निर्देशकले विश्वास, छलकपट र मानवीय स्वभावलाई देखाउने प्रयास गरेका छन् । फिल्ममा निर्देशक तिवारीसहित सविन बास्तोला ‘गिरधारी’, सुनिल बास्तोला, रुद्रप्रसाद बास्तोला लगायतले अभिनय गरेका छन् ।

प्रसुन फिल्म्सद्वारा निर्माण गरिएको यो फिल्मको प्रिमियर कार्यक्रममा दर्शकसँग प्रतिक्रिया लिने क्रममा निर्माताद्वय प्रमोद अधिकारी तथा सुलोचना दुवाडीले आगामी दिनमा पनि चलचित्र निर्माणलाई निरन्तरता दिने बताएका थिए ।

छायांकन मरुभूमि नारायणले गरेका हुन् भने पोस्ट-प्रोडक्सन पेन सिजर्स एण्ड रेण्डर्स स्टुडियोमा सम्पादक गौतमराज खड्काले गरेका हुन्।

 

भर्खरै प्रकाशित

your adv here