21.8 C
Kathmandu
Thursday, April 16, 2026
Homeचलचित्रकलिउडकरण राईको ‘द काइट्स’ सार्वजनिक

करण राईको ‘द काइट्स’ सार्वजनिक

Date:

सम्बन्धित खबर

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

काठमाडौं- गायक करण राईको ‘द काइट्स’
पहिलो गीती एल्बम ‘द काइट्स’ को विमोचन भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमबीच प्रमुख अतिथि वरिष्ठ गायक गणेश रसिक, विशेष अतिथिहरु गायक राजेश पायल राई, अभिनेता दयाहाङ राई, रैथाने संगीतज्ञ झुमा लिम्बु र कवि, गीतकार, निर्देशक तथा कार्यक्रमका सभापति प्रकाश आङ्देम्बेले गायक करणको एल्बम ‘द काइट्स’ एकसाथ विमोचन गरेका हुन् ।

एल्बम विमोचनपछि करणले दुई गीतहरु ‘रानी हो’ र ‘चङ्गा’ लाइभ ब्याण्डसहित गाएका थिए ।

आफ्नो पहिलो एल्बमको बारेमा बोल्दै करणले भने- ‘सानै उमेरदेखि गाउँथे, आज आएर पहिलो एल्बम विमोचन गर्न पाउँदा चङ्गा जस्तै आकाशमा उडिरहेको महसुस गरिरहेको छु ।’

बाल्यकालदेखि नै गीत संगीतमा चासो राख्ने करण अमेरिकाबाट नेपाल फर्किएर यो एल्बम बजारमा ल्याएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि गणेश रसिकले गायक करणलाई शुभकामना दिँदै अहिले र पहिलेका गीत–संगीतको अन्तर र सहजताको बारेमा प्रष्ट्याएका थिए ।

रसिकले भने-‘हामीले जानेर-नजानेर हिँडेको बाटोमा, हामी गोरेटोमा हिँड्यौं । भन्ज्याङ हिँड्यौं, अहिले नयाँ पुस्ताले त्यो संगीतको बाटो पिच बनाउनु भएको छ । त्यहि बाटोको क्रममा करण राई पनि आउनु भएको छ ।’

कार्यक्रमका विशेष अतिथि राजेश पायल राईले करणलाई संगीतको श्रद्धा गर्ने व्यक्तिको रुपमा चिनेको बताए ।

राजेशपायलले भने-‘चङ्गा जसरी उड्यो भने त्यो सम्पूर्णं दु:ख, पीडा, रिस, राग, झिजोहरु उडिरहेको छ, हामी संसारमा प्रफुल्ल मनले पनि उड्न सक्छौ भन्ने पनि अर्थ लाग्छ । त्यहिकारण उनको मन, उनको संगीत, चङ्गा जसरी चैट नभइकन संसारभरलाई उडाएर, नेपाली माटोको संगीत र नेपाली मौलिक स्वर नै गुञ्जाउने छ, शुभकामना ।’

भुटनिज शरणार्थी क्याम्पमा जन्मिएका करणको बाल्यकाल सम्झिँदै राजेशपायलले भने -‘जन्म कहाँ छ फरक पार्छ जस्तो लाग्दैन, जन्मिसकेपछि उसको कर्मले र उसको क्षमता प्रदर्शनले ठूलो महत्व राख्छ ।’

करणलाई बधाई दिँदै कार्यक्रमका विशेष अतिथी दयाहाङ राईले पनि ‘द काइट्स’ को प्रसंसा गरे ।

कार्यक्रमका सभापति तथा कवि, गीतकार प्रकाश आङ्देम्बेले पनि ‘द काइट्स’ एल्बमका लागि शुभकामना दिँदै करणलाई नजिकबाट चिनाए ।

प्रकाशले भने- ‘नागरिकता र सिमाना चार पाटे भौगोलिक सिमाना भित्र होइन, उनीहरुसंग पनि नेपाल छ तर उनिहरुले नेपाललाई भुगोलभित्र होइन दिल भित्र सजाएर बाँच्छन् ।’

भर्खरै प्रकाशित

your adv here