21.4 C
Kathmandu
Wednesday, April 15, 2026
Homeमनोरन्जन‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

Date:

सम्बन्धित खबर

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी ल्यान्ड नेपाल को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई सयानम अधिकारी ले लेखन तथा निर्देशन गरेका छन् ।

३५ दिन को अवधिमा सम्पन्न गरिएको यसको छायाङ्कन काठमाडौं, ललितपुर, भक्तपुर, र पर्साको ठोरी क्षेत्रमा गरिएको हो । यसको कथा काठमाडौंको अँध्यारो पक्ष, मानव तस्करी, हत्या, अपहरण र अपराधका कथालाई उजागर गर्ने खालको रहेको निर्देशक अधिकारीले बताए । “एक दाजुले आफ्नी १९ बर्सिया बहिनीको खोजीमा अपराधीहरूसँगको सङ्घर्ष गर्ने कथावस्तुमा आधारित ‘कालमाण्डू’ एक्सन, थ्रिलर र सस्पेन्स विधामा निर्माण गरिएको छ,” निर्देशकले भने ।

यस चलचित्रमा गजित बिस्ट, अञ्जन थापा, अनिलराज पौडेल, राजन अधिकारी, अलिशा बास्तोला, रोशनी कार्की, ललना चिमारिया, सुगत करणजित, विशाल पहारी, राकेश कलागाईं, र शिव अधिकारीको मुख्य अभिनय रहनेछ । यसको छायाङ्कन पवन सुस्लिङगले गरेका छन् भने, द्वन्द्व निर्देशन राजु लामा र मिस्टर काजीले गरेका छन् । सङ्गीत सम्राट न्यौपाने को रहनेछ । मेकअप र एसएफएक्सको जिम्मेवारी सुवास तिमल्सिना ले लिएका छन् । कमल थिङ निर्माता रहेको यस चलचित्रमा शम्भु श्रेष्ठ र मिलन कटवाल ले प्रोडक्सन व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन् । सहायक निर्देशक रवि भुजेल रहेका छन् ।  निर्माण पक्षले फिल्म २०८२ सालमा प्रदर्शन हुने लक्ष्य लिएको छ ।

भर्खरै प्रकाशित

your adv here