मैत्रीपूर्ण खेलमा लियोनल मेस्सीको इन्टर मियामी अल नासरसँग ६ गोलले पराजित भएको छ ।
साउदी अरेबियामा गएराति भएको खेलमा मियामी ६–० गोलको फराकिलो अन्तरले पराजित भएको हो । चोटका कारण अल नासरका क्रिस्टियानो रोनाल्डोले खेलेनन् ।
मेस्सी पनि अन्तिम सात मिनेट मात्र खेलेका थिए । अल नासरका टालिस्काले ह्याट्रिक गरेको खेलमा एमिरिक लापोर्टे, ओटाभियो र मोहम्मद मारनले एकरएक गोल गरे ।